प्रथम नेपाल हिल्फे कप हुने
रूपक पुरी
लोकप्रिय समाचार
शुभ दिपावली २०७६ को अवसर पारेर चौतारा साँगाचोकगढि ८ ईर्खुमा कात्तिक १५ गतेबाट प्रथम नेपाल हिल्फे कप भलिवल र फुटबल प्रतियोगिता हुने भएको छ ।
ईर्खु स्पोर्टस क्लबको आयोजनामा जिल्लास्तरिय मावि छात्रा भलिबल र नगरस्तरिय खुल्ला पुरूष फुटबल प्रतियोगिता हुने भएको हो ।
आयोजकका अनुसार सहभागी हुन चाहने टिमले कात्तिक १४ गतेभित्र टिम दर्ता गरिसक्नु पर्नेछ ।
ईर्खु खेल मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल हिल्फे वाईलग्रिस जर्मनले आर्थिक सहयोग गरेको छ भने सहआयोजक ईर्खु माध्यमिक विद्यालय रहेको छ ।