कार्कीटारमा बन्यो सामुदायिक तालिम भवन

लोकप्रिय समाचार 
सिन्धुपाल्चोक  जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका अन्तरगत वडा नं १० स्थित कार्कीटारमा सामुदायिक तालिम भवन निर्माण भएको छ ।  समाज सेवी यम बहादुर कहतको विशेष सक्रियतामा निर्माण भएको उक्त भव निर्माणका लागी आइसिए नेपाल र आइीसए जापानले आर्थिक सहयोग गरेको थियो । चौतारा सँँगाचोकगढी नगर पालिकाको वडा नं ८, ९, १०, र १३ सुनकोशी गाँउपालिकाको वडा नं ३ मा कार्य क्षेत्र राखेर काम गर्दै आएको आइसिए नेपालले कार्कीटारमा यस्तो प्रकारको तालिम भवनको आवश्यकता महसुस गरी भवन निर्माणमा सहयोग गरेको हो ।

भवनको प्रदेश ंनम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले शुक्रबार एक समारोहका बिच उद्धघाटन गर्नु भएको छ । उद्धघाटन गर्दै मन्त्री नेपालले प्रदेशमा विकास निर्माणका कामहरु दु्रत रुपमा अगाढी बढेको बताउनु भयो  । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० कार्किटारमा स्थापना गरिएको सामुदायिक तालिम केन्द्र भवन उद्घघाटन गर्दै उहाँले जनताका आवश्यकतालाई पुरा गर्न हामी लागी परेका छौ यो  आवश्यकता पुरा गर्नका लागी कँहा के कस्ता समस्या छन्, तिनीहरुको जानकारी दिन समेत सबैलाई आग्रह गर्दै सबै मिलेर विकासका काममा लाग्न पर्ने बताउनु भयो । सरकारले समृद्धीको अभियानलाई अगाडी बढाएको बताउँदै भन्नुभयो– ‘समृद्धिको अभियानलाई जबसम्म हरेक नेपालीको एजेन्डा बनाउन सकिँदैन तबसम्म परिवर्तन सम्भव हुँदैन, सरकारको एकल प्रयत्नबाट मात्र राष्ट्र समृद्ध बन्न सक्दैन ।’ त्यसैले  सबै मिलेर समृद्ध नेपाल निर्माणमा लाग्न पर्ने बताउनु भयो । उँहाले कार्किटारमा भएका पर्यटकीय सम्भावनाहरुको सबैले खोजी गरि संरक्षण र पुननिर्माण गर्नुपर्ने बताउँदै मन्त्री नेपालले यो योजना सफल बनाउन प्रदेश सरकारले यथासम्भव सहयोग गर्ने वताउनुभयो । तिनै तहको सरकार सकारात्मक दिशामा अगाडि बढेका भनाई राख्दै मन्त्री नेपालले विकास निर्माणका कामहरुले केही परिणामहरु देखिन थालिसकेको बताउनुभयो ।
सामाजिक संजालमा आएका कुराहरुबाट मात्रै धारणा बनाउनु उचित नहने बताउनु हुँदै वास्तविकतामा रहेर काम गर्न पर्ने, अहिलेको समयमा भ्रममा पार्नेहरुको पछि नलाग्न आग्रह गर्नु भयो –‘निराश नहौँ, सरकार सहि दिशामा अघि बढिरेको छ ।’ हामी निश्पक्षका साथ काम गरिरहेको छौ भन्नु हुँदै आफ्नाको भन्दा पनि आवश्यकतामा विश्वास गर्न पर्ने बताउनु भयो । कार्यक्रमका बिशेष अतिथी  प्रदेश सभाका सदस्य शरेस नेपालले हरेक गाँउ गाँउमा रहेका नागरिकलाइ प्रत्यक्ष आय आर्जन हुने गरि काम गरिरहेको बताउँनु हुदै कृषि क्षेत्रमा कफी तरकारी जस्ता नगदे व्यवसायमा प्रोत्साहन दिइरहेको बताउनु भयो । यसका लागी ग्रमीण सडकको आवश्यकता देखिएकोले त्यो आवश्यकता पुरा गर्न यस क्षेत्रको विकासको लागि ३ नम्बर प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गरेको बताउनुभयो । उँहाले वडा नं १० को अरनिको राजमार्ग सुकुटे देखी कार्कीटार जल्केनी सम्म सडकको स्तरोन्नतिको लागि नगरपालिकाबाट ५० लाख र प्रदेश सरकारबाट ५० लाख गरि १ करोडको काम हुने बताउनु भयो । आगामी वर्ष यसलाई निरन्तरता दिइने पनि उाहाले स्पष्ट पार्नु भयो। प्रकृतिले दिएका उत्पादनमुलक वस्तुको उत्पादन गरेर स्थानीय श्रोत र साधनको सद्पयोग गरेर आत्मा निर्भतामा लाग्न पर्नेमा जोड दिदै नेपालले यसका लागी बर्तमान सरकार स्थाीयलाई सहयोग गर्न तैयार रहेको बताउनु भयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङ्गले कार्कीटारमा यो तालिम भवन निर्माण गरेर नगरपालीकामा अर्को १ गहना थपिएको बताउँदै यो कार्यलाई सफल पार्न स्थानाीय समाजसेवी यम बहादुर महतले खेल्नु भएको भुमिका प्रति धन्यवाद समेत दिनू भयो । वडा अध्यक्ष बेल बहादुर महतलेआफ्नो वडामा यसरी भवन निर्माण गरेकोमा विशेष धन्यवाद दिदै भवनलाई आवश्यक सुविधा सम्पन्न बनाइदिन  आइसीए जापानलाई अनुरोध गर्नु भयो । उँहाले आइसिय जापानले गरेको कृ िषतथा उत्पादनमुलक कार्यमा सहयोगको  प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरताको लागी अनुरोध गर्नु भयो । सबै पक्षको सहयोगबाट नगरपालिकाले वडा नं १० कार्कीटारलाई कृिषमा तरकारीको पकेट क्षेत्र घोषणा गरेकोमा यसलाई अझ नमुना पकेट क्षेत्र बनाउन प्रदेश सरकारबाट समेत सहयोग गर्न पर्ने बताउनु भयो । संस्थापक यम बहादुर महतको सभापतित्वमा भएको कार्यक्रमको संञ्चालन भने झम्क बहादुर महतले गर्नु भएको समाजसेवी सीता थापाले जानकारी दिनु भयो । 

,