कौडा र नगद४२६००सहित जुवा खेल्ने मानिसहरु पक्राउ

 
जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी न.पा. वडा नं. ३ ममसाँसाङ टोल बस्ने खम्बे तामाङको घरमा पैसा हारजित हुने जुवा खेलिरहेका छन भन्ने बारेको  बिशेष सुचना प्राप्त हुनासाथ  जिल्ला प्रहरी कार्यलयबाट खटइि गएको टोलीले जुवा खेलीरहेकाहरुलाइ नियन्त्रणमाा लिइ आबश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी  प्रहरी उपरिक्षक माधब काफलेका अनुसार  सुचना  प्राप्त हुना साथ यस कार्यालयबाट प्रहरी अधिकृत समेतको टोली उक्त स्थानमा खटी गई कार्तीक ५गते   ३ः३० बजेको समयमा जुवा खेलिरहे जुवा खेल्दै गरेको अवस्थामा
चौतारा साँगाचोकगढी नपा ३ का शिरे तामाङ  सोही नगरपालीका २बस्ने रेशम बहादुर तामाङ छेसाङ लामा लयुर लामा समेत  नियन्त्रणमा लिई पक्राउ गरी उक्त खालबाट रु ४२६०० ( बयालिस हजार छ सय) र कौडा समेत बरामद गरी  पक्राउ परेका प्रतिवादीहरु उपर जुवा मुद्दा शिर्षकमा कार्तीक ६ गते मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

,