कार्तीक १४गते उपराष्ट्र्पती साँगाचोकमा आउँनु हुने


लोकप्रिय समाचार नेपालका उपराष्ट्रपती उपराष्ट्रपति श्री नन्द बहादुर पुनकार्तीक १४ गते सिन्धुपाल्चोक जिल्लास्थित जनजागृती माध्यमिक बिद्यालय साँगाचोक आउनुहुने भएको छ । उँहा  सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालीका वडा नं१२मा नव निर्मीत  भवन    हस्तानन्तरण गर्न १४ गते आउँनुहुने भएको हो । 

चौतारासाँगाचोकगढी नगरपालीका अन्तरगत रहेको प्रबिधीक शिक्षाको समेत ब्यबस्था भएको जनजागृती माध्यमिक बिद्यालयको भवन भुकम्पले क्षित बिक्षँत भए पछी नेपाल हिल्फे व्राइलवीस जर्मनीको आर्थीक सहयोगमा नँया भवन निर्माण भएको हो । ग्रामीण सुधार समाज सुकुटेको संयोजनमा  निर्माण भएको उक्त भवन हस्तानन्तरण एक  समारोह का बिच यही कार्तीक १४ गते हुने भएको हो । हस्तानन्तरणका लागी चौतारासाँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्गको  अध्यक्षतामा मुल समारोह समिती समेत गठन भएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष इन्द्र बहादुर  गिरीले बताउँनु भयो ।  सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन को प्रमुख अतिथ्यतामा हुने  नव निर्मित भवनको उद्घाटन र हस्तान्तरण को उक्त दिन  जनजागृती भुतपुर्बबिद्यार्थी मिलन समाजका आजिबन सदस्य  हरुलाइ सम्मान गरिने नया आजिबन सदस्य बन्न चाहुनुहुने लाई स्वागत गर्ने , छात्रबृत्तिको घोषण गर्ने , समेत कार्यक्रम रहेको  समाजका अध्यक्ष  हरि बहादुर कार्की ले जानकारी दिनु भएको छ ।  भुकम्पका कारण केही  समस्यामा परेको बिद्यालय भव निर्माण गरिदिएर शिषको क्षेत्रमा ठुलो सहयोग गरेको नेपाल हिल्फे व्राइलवीस जर्मनीलाइ बिषेश धन्यबाद दिदै ग्रामीण सुधार समाज सुकुटेको संयोजनमा  समाजले बिद्यालय भवन समयमा नै निर्माण गरि बिद्यालयलाइ हस्तानन्तरण गर्ने प्रयोजनमा गरेको सहयोगको प्रसंशा गर्दै  कार्तीक १४गते हुने समहारोहलाइ सफल पार्नका लागी सम्पुर्ण शिक्षक, अभिभावक, बिद्यार्थी, सरोकारवाला तथा नगरबासीहरुमा बिषेश अनुरोध गर्नु भएको छ । 

, ,