लोकप्रिय समाचार
स्थानीय तहको कमिटीले पुर्णता पाए सँगै हिजो सिन्धुपाल्चोक जिल्लाका १२ वटै तहका पदाधिकारीहरुले नेकपाको नीति विचार र सिद्धान्तप्रति बफदार रहेर काम गर्नका लागी नेकपाका केन्द्रीय नेताबाट सपथ खाएका छन् । सिन्धुपाल्चोकका १२ स्थानीय तहमा शनिबार एकैपटक पालिका स्तरका कमिटीका सदस्यहरुलाई सपथ खुवाइएको हो । सिन्धुपाल्चोकमा १२ स्थानीय तहमध्ये तिन नगरपालिका रहेका छन् भने नौ वटा गाउँपालिका रहेका छन् । नगरपालिकामा ८१ सदस्य र गाउँपालिकामा ७५ सदस्य रहेको नेकपा पालिका कमिटी गठन गरिएको नेकपा सिन्धुपाल्चोकका सचिव दावा तामाङ्गले जानकारी दिनु भएको छ । सपथ खुवाउनका लागी केन्द्रीय सदस्य एवम सासंद शेर बहादुर तामाङ मेलम्ची नगर कमिटीको सपथ खुवाउने कार्यक्रममा मेलम्ची जानु भएको थियो भने नेकपाका पोलीटब्युरो सदस्य माननीय सांसद अग्नी प्रसाद सापकोटन बाह्बिसे नगरपालिकामा पुग्नु भएको थियो । त्यसै गरि नेकपाका अन्य केन्द्रीय सदस्यहरु पनि विभिन्न स्थानीय तह कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी हुनु भएको थियो । पार्टी अध्यक्ष झम्क नेपाल इन्द्रावती गाउँपालिका जानु भएको थियो । सपथ खानु हुनेमा चौतारा सँगाचोकगढी नगरपालिकाका अध्यक्ष रामचन्द्र बस्नेत लगायतका हुनुहुन्छ भने पाँचपोखरी थाङ्पाल गाउँपालिका संगठन कमिटी अध्यक्षमा शिशिर वाइबा लगायत रहनु भएको छ भने सचिव गोपाल स्याङ्बो रहनु भएको छ । सदस्यहरुमा मान बहादुर बोम्जन, वाङ्दी दोङ, प्रदिप दोङ, जयनारायण श्रेष्ठ, कमला थापा, दमैसि ग्राङ्देन, राम सिं स्याङ्बो, धन बहादुर खनाल, सन्जु खनाल, सुक्मान बोम्जन, माइते दोङ, नौले तामाङ, सोम छिरिङ वाइवा, खेन्डो लमिनी रिन्जिन स्याङ्बो, कृष्ण बहादुर विष्ट, पल्मु तामाङ, सिङ बहादुर लामा, ङिम छिरिङ तामाङ, शन्तदास श्रेष्ठ, शेरबहादुर तामाङ, सुनमाया तामाङ, दोर्जे तामाङ, तिर्थ तामाङ, मंगले तामाङ, गङामाया तामाङ, दोर्जे लामा, सुवास वाइबा, राम कुमार बस्नेत, इन्द्र पन्डित, पासाङ दोर्जे तामाङ (भिम), दोगदोग तामाङ, दिपक परियार, नन्दु पाख्रिन, विर बहादुर तामाङ, नरेश लामा, भिम बहादुर ज्यावा, सुर्यमान बोम्जन, मिङमार तामाङ, ठुलोकान्छा तामाङ, सोनि थिङ, अर्जुन लोप्चन, सुर्य गोले, बेला थिङ, जमुना श्रेष्ठ, बाबुराम पौड्याल, रामकृष्ण चापागाईं, सुधे वाइबा, तुल बहादुर शाही, बुद्ध कुमारी वि.क, दिल बहादुर वाइबा, जित बहादुर खत्री, राम बहादुर शाही, बाबुराम नेपाली सार्की तामाङ, लक्ष्मण तामाङ, नारायण गुरुङ, गङ्गा गुरुङ श्रेष्ठ, होमलाल ज्योति, विकास गिरी, सुके तामाङ, राजु श्रेष्ठ, सरला दनुवार, सुरेन्द्र पुरी, नुर्पु शेर्पा, विष्णु खड्का, दल बहादुर गुरुङ, अमृत धिताल, गिता धिताल, पुष्प धिताल, मोतिराम धिताल, फुर्पा तामाङ, अनिता परियार लगायत ह्न्हुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुपाल्चोकले १२ स्थानीय तहको कमिटीलाई सपथ
[email protected] Powered by Blogger.
