लोकप्रिय समाचार
नेपाल पञ्चाङ निर्णायक समितिले भाईटिकाको शुभ साईत कात्र्तिक १२ गते ११ बजेर ५५ मिनेटलाई तोकेपनि सिन्धुपाल्चोकका नेवार समुदायले १३ गते भाईटिका मनाउने तयारी गरेका छन् ।सिन्धुपाल्चोकको चौतारामा बसेको सिन्धु नेवा खलको बैठकले यो वर्षको भाईटिका कात्र्तिक १३ गते मनाउने निर्णय गरेको खलका अध्यक्ष माधवलाल कर्माचार्यले बताउनुभयो । कात्र्तिक ११ गते लक्ष्मीपूजा, १२ गते म्ह पुजा र न्यू दँ, १३ गते भाईटिका लगाउने निर्णय गरेको कर्माचार्यले जानकारी दिनुभयो । ११ गते गाई गोरू पुँजा, म्ह पुजा परेको छ । नेवार संस्कृति र परम्परा अनुसार एकै दिनमा दुईवटा चाड नपर्ने र साईत हेरेर पर्व मनाउने चलन नभएको हुनाले यस्तो निर्णय गरेको नेवा खलले बतायो । खलले कात्र्तिक १२ गते नयाँ वर्ष र नेपाल सम्वत ११४० धुमधामले मनाउने भएको छ । १२ गते बिहान चौताराको शहिद चोकबाट धिमे बाजासहित नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाको तस्बिरलाई रथारोहण गर्दै बजार परिक्रमा गर्ने र साँझ दिपावली गर्ने निर्णय गरेको छ ।
नेवार समुदायले १३ गते भाईटिका लगाउने
[email protected] Powered by Blogger.
