थापा मृत अवस्थामा फेला


लोकप्रिय समाचार
सिन्धुपाल्चोक  जिल्ला बाह्रविसे न.पा. ४ पलाती बस्ने हाल लामोसाँघु मुडे सडक खण्डमा डोजर अपरेटरको काम गर्ने वर्ष अं. ३३ को जिवन थापाको मृत लाश खाल्डोमा फेला परेको छ । २०७६ कात्र्तिक ३ गते  बिहान ०८ः४५ बजेको समयमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ७ चार किलो भन्ने ठाउँमा खाडलमा मानिसको मृत लाश फेला परेको छ भन्ने खबर प्रहरीलाई प्राप्त भए पछी ईलाका प्रहरी कार्यालय, बाह्रबिसेबाट कार्यालयबाट प्र.नि. नवराज न्यौपानेको कमाण्डमा टोली खटि गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनु भएको छ । उँहाका अनुसार घटनास्थल लाश जाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरि मृत लाश पो.मा.को लागी पठाइएको थप अनुसन्धान कार्य तीव्र रुपमा भई रहेको छ  ।


,