अनेरास्वबियुको शुभकामना आदन प्रदान चौतारामा


लोकप्रिय समाचार नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज माधव सापकोटा (सुबोध)बिद्यार्थी हरु शिक्षा सिकाइका मात्र बिद्यार्थी नभएर राजनिती, बिकाशका मुल पनी भएको बताउँनु  भएको छ । उँहाले कुनै पनि क्षेत्रमा आफ्नो जिवनमा कुशलताका साथ पहिचान  स्थायित्व कायम गर्नको लागि राजनिति अति महत्वपुर्ण तत्व भएको हुँदा यसको लागि बिद्यार्थी तहबाट नै सम्पुर्णमा यसको पहुच पुर्याउन सम्भब र जरुरत रहेको हुादा यो जिम्मेवारी  अनेरास्ववियू ले  लिने बताउँनु भएको छ । अनेरास्ववियु सिन्धुपाल्चोकले शुक्रबार चौतारा पार्टी कार्यलयमा परिचयात्मक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै यस्तो बताउँनु भएको हो कार्यक्रमका बिशेष अतिथि विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला अध्यक्ष झम्क नेपालले बिद्यार्थी हरु राजनीती पार्टीको लागि महत्वपुर्ण र नर्सरीको रुपमा रहेको हँुदा जसरी नर्सरीमा रहेको बिरुवाले राम्रो बोट दिन्छ त्यसै गरि राजनीतीमा पनी  सक्षम र दक्ष ब्यक्तिको  बिकाश बिद्यार्थीबाटै हुने हँुदा सच्चा इमान्दार ब्यक्तीले  बिद्यार्थीको नेतृत्व लिँदै सफल राजनिती ब्यक्तीत्वको बिकाश गर्नु पर्ने बताउँनु भयो । शुभकामाना आदन प्रदान  कार्यक्रममा साबिक अखिल क्रान्तिकारीका केन्द्रीय सचिव पवन कार्किले एकताको पुर्णता नपाउदै यस प्रकारको कार्यक्रम गरेर सिङगो देशलाई सकारात्मक सन्देश दिइएको बताउँनु हुँदे अब तिहार  लगत्तै अनेरास्ववियुले केन्द्र देखि स्थानिय तह सम्मको कमिटिले पुर्णता पाउने बताउँनु भयो । शुभ दिपावली , नेपाल संम्वत ११४० र छटको अवसरमा अनेरास्ववियू सिन्धुपाल्चोकले परिचयात्मक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकोनेकपाका नेतृी सिता थापाले जानकारी दिनु भयो । उँहाका अनुसार  पार्टी एकता भएपछिको पहिलोपटक अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा दुबै संघठनका जिल्ला तहका अगुवा तथा जिल्ला कमिटिमा आबद्ध बिद्याार्थीहरुको उपस्थिति रहेको थियो ।

, ,