महरा काण्डमा सरोकार वाला महीलाहरुको छानबिनको माग


लोकप्रिय समाचार   कृष्ण बहादुर महरा काण्डका बारेमा महिला तथा मानव अधिकारका क्षेत्रमा क्रियाशिल सामाजिक संघसंस्थासम्बन्धीत १७ वटा सस्थाले निश्पक्ष छानबिनको माग गरेका  छन । असोज १६ गते बिज्ञेप्ती प्रकाशन गरेर यस्तो माग गरेका हुन । .



महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल,महिला पुनस्र्थापना केन्द्र (ओरेक), तान नेपाल (लुम) ,. साथी ,. द स्टोरी किचेन, वातावरणीय कृषि तथा विकास केन्द्र (केड), शक्ति समुह , महिलाका निम्ति महिला मञ्च नेपाल । नेपाल महिला एकता समाज नेपाल  तरङ्गनी महिला अधिकार प्रशिक्षण केन्द्र, महिला तथा बालबालिका बेचबिखन बिरुद्ध सहकर्मी समूह नेपाल (एटविन) , पौरखी नेपाल, नेपाल अपांग महिला संघ , नील हिरा समाज ,.दिगो सामाजिक विकासका लागि मित्रता, जागृति महिला महासंघ,हिमराईट्स सिविन नेपाल द्धारा जारी बिज्ञेप्तीमा भनीएको छ  असोज १२ गते, निवर्तमान सभामुख कृष्ण बहादुर महराले आफुमाथि हातपात र बलात्कार गरेको भनि प्रभावित महिला स्वयंमले हाम्रोकुरा अनलाईन मार्फत आफ्नो घटना सार्वजनिक गरेकी छन् । उक्त भिडियोमा प्रभावित महिलाले महरा १२ गते राति उनको कोठामा आएको, उनीमाथि कुटपिट र बलात्कार भएको, महराको फुटेको चस्मा, जुत्ताको तलुवा, महराले मदिरा सेवनका लागि प्रयोग गरेको ग्लासहरुलाई प्रमाणका रुपमा प्रस्तुत गर्दै, घटनाको केहि समय पश्चात् नै प्रहरीलाई खबर गरेको, प्रहरी घटनास्थलमा आएको र हाम्रा कुरा अनलाईनसँग कुरा गर्ने क्रममा नै महराको फोन आएको, महराले पठाएको र आफुले महरालाई पठाएको म्यासेज लगायतका सम्पुर्ण विवरणहरु प्रमाणसहित व्यक्त गरेकि थिईन । महरा स्वयंले समेत आफू उक्त महिलाकोे कोठामा गएको स्वीकार गरेको समाचारहरु सार्वजनिक भएको थियो । यसको दोस्रो दिन पुनः महिलाले अर्काे सञ्चार माध्यमसँग कुरा गर्दै, महरा आफ्नो कोठामा नआएको र आफूमाथि कुनै पनि घटना नभएको, महरासँग आफ्नो बाबुको जस्तो सम्बन्ध रहेको भनि अन्तरवार्ता दिएकि छन् ।
एक दिनको अन्तरालमा भएको दुई अन्तवार्तामा महिलाले पूर्णरुपमा आफ्नो भनाई परिवर्तन गर्नु आफैमा गम्भिर अनुसन्धानको विषय हो । देशकै उच्च पद र राजनैनिक हैसियत भएका व्यक्ति नै यस घटनाका आरोपित व्यक्ति भएको हुँदा, प्रभावितले दबावमा आएर÷आफ्नो वा परिवारको सुरक्षाको जोखिमका कारण आफ्नो भनाई परिवर्तन गरेको सम्भावनाहरु हुन सक्दछन् । यसर्थ मानव अधिकारको संरक्षण, प्रवद्र्धन, र मानव अधिकार हनन्का घटनाहरुको अन्वेषण र अनुगमन गर्ने जिम्मेवारी रहेको संवैधानीक आयोगहरु ः राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई यस घटनाको सत्यतथ्य अध्ययन गरि वास्तविकता पुष्टिका लागि कार्य गर्न हामी हार्दिक अपिल गर्दछौं ।  भनीएको छ ।नेपालको संविधानमा सबै व्यक्तिहरु कानूनका दृष्टिमा समान छन् भनि लेखिएको छ । यसर्थ महरालाई पनि एक सामान्य नागरिक सरह, नेपालको कानूनले गरेको व्यवस्था अनुरुप अनुसन्धान प्रक्रिया अगाडी बढाउनका लागि निर्देशन दिन सरकार समक्ष हामी जोडदार माग गर्दछांै । नेपाल सरकारले मानव अधिकार सम्बन्धित विभिन्न अन्तराष्ट्रिय सन्धी, महासन्धीहरुमा प्रतिवद्धताहरु गरेको छ । नेपाल सरकार संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को ९ज्गmबल चष्नजत अयगलअष्०ि समेत सदस्य राष्ट्र हो । यसर्थ नेपालको छवि, सरकारको नागरिक प्रतिको जिम्मेवारी, न्यायका लागि सरकारले लिने निर्णयलाई अन्तराष्ट्रिय जगतमा समेत उदाहरणीय र पं्रशसनीय कार्यका रुपमा गर्वका साथ प्रस्तुत गर्न र सरकारको हिंसा विरुद्धको शून्य सहिष्णुतालाई व्यवहारतः कार्यान्वय गर्न हामी सरकार समक्ष अनुरोध गर्दछौं ।  अन्त्यमा यस घटनाको सिंगो प्रमाण र साक्षि, स्वंम प्रभावित महिला भएको हुँदा उनको सुरक्षाको पूर्णरुपमा ग्यारेण्टि गर्न र महिलाले यस घटनाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण उनको आत्मसम्मानमा ठेस पुग्ने कार्य तथा प्रतिक्रियाहरु सामाजिक सञ्जालमार्फत नगर्नका लागि हामी सम्पुर्ण नागरिक समक्ष अनुरोध गर्दछौ । साथै सरकारलाई समेत यस्तो कार्यका लागि प्रतिबन्द गर्न ठोस कदम लिन हार्दिक अनुरोध गर्दछौ भनिएको छ ।

, ,