युवा सँघका क्षेत्रिय अध्यक्ष सहित तीन सय काँग्रेसमा प्रवेश


रूपक पुरी
लोकप्रिय समाचार
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टि निकट युवा सँघका क्षेत्रीय अध्यक्ष योङ तामाङ सहित झन्डै  तिनसय जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।


नेपाली काँग्रेस क्षेत्र  नम्वर २ को आयोजनामा  शुभ दिपावलि एवं छट पर्वको अबसरमा शुक्रबार मेलम्चीमा भएको चियापान तथा शुभकामना कार्यक्रममा नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरूलाई वरिष्ठ नेता रामचन्द्र पौड्याल र युवा नेता गगन थापाले सँयुक्त रूपमा पार्टी प्रवेश गराउनुभएको हो ।
शुभकामना मन्तब्य राख्दै वरिष्ठ नेता पौडेलले सरकार निकम्मा सावित भएको वताउनुभयो । उहाँले आकाशिदो मूल्यवृद्दी , भ्रष्टाचार , सर्वसत्तावादी चरित्रतिर कम्युनिष्ट सकार गएको आरोप लगाउनुभयो ।
युवा नेता गगन थापाले सरकारको निरकुँशता दिनप्रतिदिन वढिरहेको वताउँदै सरकारले मुलकमा कम्युनिष्ट शासन ब्यवस्था ल्याउन अनेकौं  षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । उहाँले काँग्रेसले चुनाब हारेर पनि देशलाई हार्न नदिएको बताउनुभयो । क्षेत्रिय सभापति आईतमान  तामाङको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सभापति विकाश लामा , उपसभापति शिव शुनार, पुर्व जिल्ला सभापति भुपेन्द्र थापा, प्रदेश साँसद निमा लामा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
हास्य कलाकार शिवहरि वैरागि, राजेन्द्र गिरि, देविराम पराजुलि, राजन चौलागाई तथा लोक गायिका राधिका हमालले कार्यक्रममा भरपुर मनोरञ्जन दिलाउनुभएको थियो ।


, ,