स्थानीय सरकारले शिक्षक नियुक्त गर्न नपाउँने

 लोकप्रिय समाचार देस संघीयतामा गएको र स्थानीय सरकार समेत गठन भइ कार्यबिधी र स्थानीय नियमावली निर्माण गरेर कार्य गरिरहेृको र स्थानीय बिद्यालयमा शिक्षक नियुक्त तथा अन्य काम गर्दै आइरहेकोमा सरकारले शिक्षक नियुक्ती गर्न अधिकार स्थानीय सरकारलाइ नदीने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्ने अधिकार स्थानीय तहर्लाइ नभएको  भन्दै त्यस्ता नियुक्ती नगर्न देशभरका स्थानीय तहलाई बुधबार पत्राचार गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझावका आधारमा मन्त्रालयले शिक्षक नियुक्त नगर्न देशभरका नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र गाउँपालिकालाई पत्राचार गरेको मन्त्रालय श्रोतले बताएको छ ।