महाकाली सहकारीको साधारण सभा सम्पन्न


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढि नगरपालिका वडा न ५ मा रहेको महाकाली बहुउद्देश्यीय बचत तथा ऋण सहकारी  संस्थाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको  छ । नगर प्रमुख अमानसिं तामाङको प्रमुख आतिथ्यतामा संचालन भएको सभापतीत्व ज्ञान बहादुर श्रेष्ठले गर्नु भएको थियो। सभाको उद्धघाटन गर्दै नगर प्रमुख तामाङ्गले सहकारी भन्ने शब्द  यस्तो चिज हो जस्ले गर्दा मानिसको  भविष्यका लागि आर्थिक र मानवीय शक्तिको विकास गर्न सहयोग गर्छ भन्नु हुँदै सहकरी भनेको अटो भकारी हो यसले भोलि खाने अन्नको  संरक्षण गर्ने हुँदा मानिसहरु सहकारी प्रति आकर्षित भएका हुन भन्नु भयो ।

विगतका दिनहरुमा २५ जना मिलेर स्थापना गरिएको संस्था अहिले १३८० सदस्यको धनी भएको छ । हामी  सबैले यसको संरक्षण गर्नु पर्ने बताउनु भयो । उँहाले एउटा घरमा बाबू छोरा  समेत मिलेर बस्न नसकेका हामी मानिसहरु यसरी सहकारी संस्थामा धेरै  सदस्यहरु मिलेर एक एक गरि करोडौं  को सम्पती  जगेर्ना गर्न सक्षम भएका छन् । नगरपालिकाको समेत पहिचान राखेर काम गरिरहेको यो जेष्ठ  सहकारी हो । सहकारीबाट ऋण लिएर  अनावश्यक  रूपमा  खर्च नगर्न आग्रह  गर्दै उत्पादन मुलक क्षेत्रमा लगानी गरेको खण्डमा मात्र भविष्यमा प्रगती उन्नती हुन सक्ने बताउनु  भयो । उहाँले नगर  भित्रका सबै सहकारीको उन्नती प्रगतीको कामना गर्दै दिपावलीको अवसरमा सबै ले हर्ष उल्लासका साथ दिपावली मनाउन र फजुल खर्च नगर्न हुन भन्दै शुभकामना दिनु भएको थियोे ।  संस्थाका अध्यक्ष  ज्ञान बादुर श्रेष्ठले विगतका दिनमा ५० रुपैया  बाट सुरु गरको बचत अहिले आएर  करोडौको कारोबार गरिरहेको देख्दा धेरै खुशी लागेको बताउँदै केही सदस्यहरुले कर्जा लिएर किस्ता नतिरी कालो सुचीमा पर्ने त्यस पछि अरु सहकारीमा सदस्य बन्ने कार्य धेरै भएको  हुँदा  यस्ता कार्य  गर्न  नहुने बताउनु भयो । संस्थाका शेयर सदस्यहरुको उपस्थितीमा भएको कार्यक्रम चोैतारा क्याम्पसको सभाहलमा भएको थियो । 

, ,