कार्तीक २६गते ऐतीहासिक गौराती मेला हुने


लोकप्रिय समाचार ,नेपालको ऐतिहासिक तथा सिन्धुपाल्चोक जिल्लाको सवैभन्दा ठुलो  धार्मीक स्थलको रुपमा परिचत गौराती भिमेश्वर मेला को तैयारी शूरु भएको छ । यही २०७६ साल कार्तीक२६ गते पुर्णिमाको दिन देश बिदेशका धर्मवालम्बीहरुको उपस्थितीमा गौराती मेला लाग्ने गौराती बिकाश युवा मञ्चका कार्य समितीका सदस्य समेत रहनु भएका स्थानीय समाज सेवी बिनय लामाले जानकारी दिनु भयो । 


प्रत्यक वर्ष कात्तिक पुर्णिमाका दिन लाग्ने मेला यस वर्ष पनी  कार्तीक २६ गते पुर्णिमा पर्ने भएकोले उक्त  दिन मेला पर्न गएको हो ।. गौराती बिकाश समितकिा अध्यक्ष मा  सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी  रहने ब्यबस्था भए अनुसार प्रजिअको अध्यक्षतामा बैठक बसी   मेलाको  बिशेष ब्यबस्था गर्ने भएको छ ।
मेलालाई व्यवस्थीत र मर्या्दित बनाउनको लागि चौतारासाँगाचोकगढी नगरपालिकाका साथै  जिल्लामा रहेका सरकारी  कार्यालयहरु  स्थानीय संघ संस्था समाज सेवीहरुको सहभागीतामा मेला ब्यबस्थापन हुँदै आएको छ ।
सिन्धूपाल्चोक जिल्लाको सदरमूकाम चौतारावाट ४ (चार) कि.मि. उत्तरी भागमा  रहेको गौराती भिमेश्वर मन्दीरको आफ्नै पहिचान रहेको छ ।  परापूर्व कालमा किसानहरुले  गौरी गाई नामक गाइ  पालेका थिए । त्यही गौरी गाइले  वेलूका दुध दुहुन नदिने गरेपछि किसान ले आफ्ना गाइले किन दुध दिएन भनी अनुसन्धान गर्ने क्रममा राती राती गोठमा हेर्न जाँदा बाँधेर राखेको गाई गोठमा नभेटे पछी कँहा गयो भनी खोजी गर्दा राती गाई हाल मन्दिर रहेको ठाँउमा गई शिलामा दूध चढाउने गरेको देखेका थिए । त्यसरी गाइ राती त्यस ठाँउमा आइ दुध चढाएको थाहा पाए पछि टोलका छिमेकीहरु लाइ खबर गर्दा छिमेकीहरुले  मिलेर  उक्त स्थानमा खनेर हेर्दा हाल मन्दिरमा रहेको शिला भिमसेनको शिला भेटिएको थियो ।  पछि गाईले राती राती गएर दुध चढाउने गरेको कारण गौराती भिमसेन नामाकरण गरिएको गौरातीभिमसेन गुठीका जेठा बुढा  चिन बहादुर  लामाले बताउँनु भयो ।
प्रत्येक वर्ष कार्तिक पुर्णिमाका दिन गौराति भिमेश्वरमा भिमसेनको उपस्थिति रहने र उक्त दिन दर्शन गरेमा भक्तजनहरुको मनोइच्छा पुरा हुने धार्मिक विश्वास रहेको छ । याँहा रहेका शिलालेख नेवारी भाषामा रहेको र शिलालेख बुझ्न कठिन छ । त्याँहा चढाएको घण्टीहरुबाट करिब ३०० वर्ष भन्दा अगाडीका मिति फेला पार्न सकिन्छ । यो पुरातात्वीक महत्व बोकेको मन्दिर हो भन्ने व्यहोरा पुरा तत्व बिभागको अभिलेखबाट पनि थाहा पाउन सकिन्छ ।
वि.सं. २०५१ साल सम्म काठ र ढुङगाबाट बनेको मन्दिर जिर्ण भई तत्कालिन प्र.जि.अ÷र प्र. ना.उ. राम कृष्ण भुर्तेल र सुरत बहादुर शाह को सक्रियतामा पुनः निर्माण गरी २०५२ मंसिर २ गते स्वर्गीय राजा विरेन्द वीर बिक्रम शाहदेव र रानी ऐश्वर्या राज्यलक्ष्मी देवीशाहबाट रुद्राक्षको विरुवा रोपण गरी समुद्घाटन गरिएको थियो ।
२०७२ साल वैशाख १२÷१३ र २९ मा गएको भुकम्पका कारण उक्त मन्दिर पनि अछुतो रहन सकेन । मन्दिरकोगारो र वरिपरीका पर्खालहरु, संगै रहेको महाकाली र सरस्वतीको मन्दिर समेत क्षति भएको थियो ।   तत्काल मन्दीर निर्माण गर्नका लागी अन्य स्रोत नजुट्दा गौेराती विकास युवा क्लब, गौराती युवा समूह, गौराती गुठी को   संयुक्त आयोजनामा २०७१ साल कार्तिक पूर्णिमाको अवसर पारेर लगाइएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञबाट प्राप्त रकम खर्च गरी मर्मत संभार गरिएको थियो  भने सरस्वती र महाकालीको मन्दिर तत्कालिन प्रनाउ विश्व अधिकारीको सहयोगमा २०७२ कार्तिक पुर्णिमाका दिन  पुर्नःनिर्माण सम्पन्न गरिएको थियो ।गौराती भिमेश्वर मेलामा सिन्धुपाल्चोक जिल्लाको अधिकाँश भुभाग, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा, धार्दिङ, काठमाण्डौं, ललितपुर, भक्तपुर, गोर्खा, रामेछाप, दोलखा, चितवन, बिरगंञ्ज , जनकपुर , नेपालगंञ्ज लगाएत भारतदेखी   भक्तजनहरु आउँने गरेको देबलाल श्रेष्ठले बताउँनु भयो ।   त्यहा जाने भक्तहरुले  आ–आफ्नो मनोकामना पुरा हुने, दुःख, कष्ट, दरिद्रता नष्ट हुने  जे मागे पनी एक चिजमात्र बर मागेको खण्डमा बरदान प्राप्त हुने भएकाले त्यँहा जाने गरेको चितवनबाट दर्शन गर्न आउँनु हुने भगवती पौडेलले बताउँनु भयो । बरदान पाइने जनविश्वासका साथ भक्तजनहरुले बाजागाजा सहित पञ्चवली चढाउने प्रचलन समेत रहेको छ । विवाह, व्रतवन्ध गर्नका लागि समेत भक्तजनहरु यँहा आउँने र . कार्तिक पुर्णिमा बाहेक वडा दशै,चैते दशै, श्री पञ्चमी, जनै पुर्णिमा, शिवरात्री, जस्ता पर्वहरुमा र प्रत्ेयक हप्ताको शनिवार भक्तजनहरुको भिड लाग्ने गरेको गौराती भिमेश्वर मन्दीरका पुजारी बिष्णु मान श्रेष्ठले बताउँनु भयो ।  गौराती मेला नजीकीदै गर्दा बर्षै पिच्छे पानीको समस्याले आयोजकहरुलाइ पिरोल्ने गरेको छ । सरसफाइका लागी पनी पानीको  कारण समस्या परेको छ भने भक्तजनहरुले खानका लागी पानी  महङ्गो मुल्यमा किन्न पर्ने बध्यता श्रुर्जना हुने गरेको छ । जिल्लाकै पहिचान बोकेको उक्त मन्दीर आसपासमा बत्ती बाल्नेको ठुलो भिड लाग्ने  गरेको छ । उक्त मन्दीरमा मानीसहरुलाइ बस्नका लागी पाटी पौवाको समेत ब्यबस्था नहुँदा  भक्तजनहरुलाइ समस्या परेको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ ।

, , , , ,