दुर्घटनामा परी मृत्यु भएका आफन्तलाई इन्द्रावती गाउँँपािलकाद्वारा राहत प्रदान


लोकप्रिय समाचार
दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई इन्द्रावती गाँउपालिकाबाट प्रति मृतकका परिवारलाई तत्काल क्रिया खर्च बापत २५ हजारका दरले राहत रकम वितरण गरेको छ । इन्द्रावती गाँउपालिकाका अध्यक्ष वंशलाल तामाङ्गले आइतबार शोक सभाको कार्यक्रमको अवसरमा उक्त रकम वितरण गर्नु भएको हो । असोज २४ गते भएको दुःखद घटनामा परि ज्यान गुमाएकाहरुका आफन्तलाई ईन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङ्गले  गाउँपालिकाबाट ज्यान गुमाएकाहरुलाई  २५ हजारका दरले रकम वितरण गर्दै यो दुर्घटनाबाट आफुलाई सबै भन्दा ठुलो देख लागेको बताउनु भयो ।

उँहाले दुर्घटनामा परेको खबर पाउने बित्तिक्कै तत्काल उद्धारमा खटेर घाइतेहरुलाई तत्काल स्वास्थ्य कार्यालयमा पु¥याएर सहयोग गर्ने सबै प्रति विशेष धन्यबाद दिदै केही अस्पतालहरुले घाइते बिरामी प्रति गरेको वेवास्ता अनि बिरामीको अवस्था गम्भीर हुदाँ हुँदै पनि बिरामी घर लैजान भनेकोमा दुःख व्यक्त गर्दै यसरी पठाइएको बिरामीलाई अरु अस्पतालमा आइसियुमा राख्न परेको बताउनु भयो । उँहाले क्षमता भन्दा बढी यात्री बोकेकै कारण दुर्घटना भएको र यसरी दुर्घटना हुँदा चालक सहित १२ जनाले ज्यान गुमाएको बताउनु भयो । उँहाले यातायात व्यवसायीहरुले यात्रीका चापका आधारमा बस सेवा थप गर्न पर्ने समेत बताउनु भयो । उपाध्यक्ष मिरा अधिकारी लामाले सबै भन्दा बढी यो घटनाबाट दुःखी भएको बताउँदै दुर्घटना भए पछी तत्काल छिटो भन्दा छिटो घाइतेलार्इ  अस्पताल लैजान सफल भएकोमा थप मानवीय क्षती हुन नपाएको बताउनु भयो । ईन्द्रावती गाँउपालिका वडा नं १० को  वडा कार्यालयमम भएको कार्यक्रममा मृतकहरु प्रति श्रद्धान्जली  व्यक्त गर्दै शोकाकुल परिवार प्रति समवेदना व्यक्त गरिऐ थियो भने घाइतेको शीघ्र स्वाथ्यको कामना गरिएको थियो । कार्यक्रममा सिन्धु हेलम्बु याताया सेवा प्रालीका उपाध्यक्ष श्याम  कृष्ण श्रेष्ठले तत्काल मृतकका परिवारलाई प्रति व्यक्ति चालीस हजारका दरले क्रिया खर्चको चेक वितरण गर्नु भएको थियो भने घाइतेहरुको  उपचारमा कुनै पनि कमी आउँन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । दुर्घनामा परि  हिरा श्रेष्ठ, इन्द्रावती गाँउपालिका ९ विनोद लम्साल, इन्द्रावती गाँउपालिका ९, रितेश आचार्य, इन्द्रावती गाँउपालिका १०, मिना मगर, इन्द्रावती गाँउपालिका १०, अनुस तामाङ्ग, इन्द्रावती गाँउपालिका १०, सुमीत पुर्कुटी, इन्द्रावती गाँउपालिका १० , मिना कुमारी लम्साल,  इन्द्रावती गाँउपालिका ९, सुनिता तामाङ्गको गर्भको बच्चा, इन्द्रावती गाँउपालिका ९, सङ्गीता सार्की, पाँचखाल ६, सुभाष अधिकारी, सुर्यविनायक भक्तपुर, अस्मीता श्रेष्ठ, बाह्बिसे नगरपालिका ७ यात्री रहेका छन् भने सवारी चालक बनेपाका केदार नाथ महाजु रहेका छन् । शोक सभा कार्यक्रमका सभापतीको आसनबाट बोल्दै वडा नं १० का अध्यक्ष जीवन थापा मगरले यो दुर्घटनाका कारण आफुहरुलाई ठुलो क्षती भएको बताउँदै दुःखको यस  अवस्थामा राहतका लागी सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नु भयो । कार्यक्रममा गाँउकार्यपालिकाका सदस्य मन कुमारी तामाङ्ग वडा नं ९ का वडाअध्यक्ष बाबुराम लामा वडा नं ८का कावा अध्यक्ष  बखान सिंह तामाङ्ग, नेकाका पालिका सभापती बुद्धी भट्टराई नेकपाका निन्द्रा आचार्य लगायतले शोक मन्तव्य राख्नु भएको थियो । यसै बिच दुर्घटनामा परी ज्यान गुमाएकाहरुको आत्मा शान्तीका लागी नेपाली काँग्रेसका सभापती विकास लामाको प्रमुख आतिथ्यतामा दुर्घटना स्थलमा मैन बत्ती बालेर मृतकको आत्माको शान्तीको कामना गरिएको थियो। साँझ ६ बजे गरिएको उक्त कार्यक्रममा इन्द्रावती गाँउपालिकाका अध्यक्ष वंशलाल तामाङ्ग उपाध्यक्ष मिरा अधिकारी लामा वडाअध्यक्ष जिवन थापा मगर लगायत पालिकाका सदस्यहरु नेपाली काँग्रेस २ न क्षेत्रका क्षेत्रीय सभापती आइतमान तामाङ्ग, भोटसिपा इकाइ सभापती बुद्धी प्रसाद भट्टराई सिन्धु हेलम्बु यातायात सेवा प्रालीका उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । स्थानीयले दुःखद दुर्घटनाको घाइतेलाई गाँउपालिकाले  तुरुन्त  स्वास्थ्य  सेवामा पु¥याउन हेलिकप्टरबाट तत्काल व्यवस्था गरेर अरु थप मानवीय क्षती हुनबाट बचाएकोमा वंशलाल तामाङ्ग प्रति विशेष आभार व्यक्त गरेका छन् ।पहाडी क्षेत्रको भागमा दुर्घटनामा परेका घाइतेलाई यसरी तत्काल उपचारको व्यवस्था गरेको आफुलाई थाहा भए सम्म यँहा एकदमै छिटो भएको समाज सेवी प्रेम आचार्यले बताउनु भयो । यसै बिच हिजै इन्द्रावती गाउँपालिका वडा नं १० को तर्फबाट वडा अध्यक्ष जिवन थापा मगरले एक विज्ञप्ती प्रकाशन गर्दै मृतक प्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना  गर्दै घटनामा सहयोग गर्ने सहयोगीहरुलाई विशेष धन्यवाद दिइएको छ ।

,