पिङको आकर्षण घट्यो

रूपक पुरी
लोकप्रिय समाचार
नेपालीहरूको महान चाड विजया दशमी तथा दिपावलीमा पिङ खेलेर मज्जा लिनुको आनन्द नै छुट्टै छ। तर केही वर्ष यता देखि गाउँघरमा पिङ कमै देख्न पाईन्छ  ।
विजया दशमीको टिकाको दिन एकपल्ट भए पनि शरिरले जमिन छाड्नुपर्ने प्रचलन अनुरूप हरेक नेपालिले पिङ खेल्ने गरेको भएपनि यो प्रचलन हराउँदै जान थालेको छ ।
नेपाली संस्कृतिको उदाहरणको रूपमा समेत लिइने पिङ विगत वर्षहरूमा हरेक टोल टोल र गाउँ गाउँमा हालिने गरेकोमा यस वर्ष केही स्थानमा मात्र सिमित रहेको छ ।
वर्षको एकपल्ट मात्रै हालिने पिङ खेलेर दशँैलाई रमाइलो गर्न थोरै स्थानमा पिङ हालिएको भएपनि त्यसस्थानमा पुगेर पिङ खेल्नेहरूको सँख्या भने धेरै थियो ।
मेलम्ची नगरपालिका ९ का हरी भुजेल भन्नुहुन्छ, दशँैमा पिङ खेल्न पाईएन भने मजा नै आउँदैन ।
दशैँमा  हरिजस्तै पिङ खेलेर मज्जा  लिनेको संख्या धेरै थियो । फुलपातिको दिन उहाँहरूले पिङ हाल्नुभएको थियो ।
आफ्नो परम्परा र दशैलाई खुसि साथ मनाउनको लागि पिङको महत्त्व रहेको उहाँहरू वताउनुहुन्छ । तर विगतका वर्षहरूमा भन्दा पिङको संख्
या घटेकोमा उहाँहरू चिन्तित हुनुहुन्छ ।
केही वर्ष अघि सम्म टोल गाउँभरिका वासिन्दाहरू जम्मा भएर दोहोरी गित गाउँदै रातभर जाग्राम बसेर पिङ खेल्ने गरिन्थ्यो । रातभर जाग्राम बसेर पिङ खेल्दा मज्जानै छुट्टै हुन्थ्यो तर अहिले गाउँघरमा पिङ विरलै देख्न पाईएको विष्णु बहादुर खड्का बताउनुहुन्छ ।
पहिला पहिला पिङ खेल्दै रमाइलो गर्दै दशैँ मनाउनेहरू अहिले तास, लङ्गुरबुर्जा जस्ता खेल खेलेर समय कटाउने गरेका छन् । ती खेल नखेल्ने मात्रै पिङ खेलेर रमाइलो लिने गरेको उहाँको भनाइ छ ।   

, ,