जन जागृति मावि सागाँचोकको भवन हस्तान्तरण


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १२ मा रहेको जन जागृति माध्यमिक बिद्यालयको नयाँ भवन एक समारोहका साथ हसतानन्तरण गरिएको छ । हस्तानन्तरण कार्यक्रमका प्रमुख अतिथी सम्माननिय उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले शिक्षालाई वैज्ञानिक, व्यवसायिक, प्राविधिक र सिपयुक्त बनाउनु पर्नेमा जोड दिनुभयो । उँहाले शिक्षा सिकाइमा वैज्ञानिक  र व्यवसायिक  प्रयोगात्मक को प्रयोग गर्न सकै अझ बढी प्रभावकारिता हुने बताउनु भयो । कार्यक्रमका विशेष अतिथि पुर्व मन्त्री माननीय अग्नी प्रसाद सापकोटाले देशका सबै नागरिकले गुणस्तरीय हासिल गर्न सकुन भनेर वर्तमान सरकारले शिक्षा सिकाइमा केही थप योजना अगाडी सारेको बताउँदै शिक्षाले नै मानिसलाई  वैज्ञानिक, कर्मशिल, उच्च अधिकारी, सिपयुक्त बनाउने हुनाले शैक्षिक क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो। त्यसै गरी पुर्व मन्त्री माननीय शेर बहादुर तामाङ्गले विगतका दिनहरु भन्दा वर्तमान समयमा शिक्षा सिकाइमा समयानुकुल परिवर्तन गर्दै जान सके मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउनु भयो ।
प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले समुद्ध नेपाल सुखी नेपालको निर्माण गर्नका लागी सबै लागी पर्नु पर्ने बताउनु भयो । पुर्व मन्त्री तथा नेपाली काँगे्रसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले गुणस्तरीय शिक्षाले नै उच्च व्यक्तित्वको विकास गर्ने भएकोले गुणस्थरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्ने बताउनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङ्गले सबै बिद्यार्थीलाई सिकाइको उपलब्धि र अभिभावकको सन्तुष्टि अनि स्वरोजगारको निमित्त सहजता हुने गरी शिक्षाको सिकाइमा ध्यान दिन सकेको खण्डमा वास्तविक सिकाइको उपलब्धि हुने बताउनु भयो। चौतारा साँगाचोकगढी नगरपालिका अन्तरगत रहेको प्रविधीक शिक्षाको समेत व्यवस्था भएको जन जागृति माध्यमिक विद्यालयको भवन भुकम्पले क्षित विक्षीत भएपछी नेपाल हिल्फे व्राइलवीस जर्मनीको आर्थिक सहयोगमा नँया भवन निर्माण भएको हो । ग्रामीण सुधार समाज सुकुटेको संयोजनमा निर्माण भएको उक्त भवन हस्तानन्तरण कार्यक्रममा नेकपाका जिल्ला नेता तथा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख स्थानीय  सरकारका प्रमुख उप प्रमुख तथा सर्वसाधरणहरुको व्यापक उपस्थिती रहेको थियो ।

, ,