पुर्व माओवादी नेता सहित राप्रपा नेता काँगे्रसमा


लोकप्रिय समाचार
राप्रपाका जिल्ला सदस्य सहति पुर्व माओवादी केन्द्रका जिल्ला सदस्यहरु काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ द्वारा आयोजना गरिएको शुभकामना तथा चियापान कार्यक्रमको अवसर पारेर नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लामा नेकपाका दर्जनौँ नेता कार्यकर्ता उक्त पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको १ नं क्षेत्रीय सभापती बालकृष्ण   बस्नेतले बताउनु भएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं. १ सिन्धुपाल्चोकले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारेर पार्टी प्रवेश गरेका नव–प्रवेशीहरुलाई नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सदस्यता प्रदान गर्नु भएको बस्नेतले जानकारी दिनु भयो । नव प्रवेशीहरुलाई केन्द्रीय नेताहरु डा. महत र बस्नेतले खादा लगाएर स्वागत गर्नु भएको थियो  ।
प्रवेश हुनेहरुमा नेकपाका प्रभावशाली नेताहरु रहनु भएको छ । नेपाली काँगे्रसका क्षेत्रीय सभापती बस्नेतका अनुसार नव प्रवेशीहरुमा पूर्व माओवादीको तर्फबाट जिल्ला कार्यसमिति सदस्य समेत भइसकेका नरेश तामाङ, रोशन तामाङ, पानबहादुर तामाङ, सुजन पहरी, सुरज गुरुङ, अभिन गुरुङ, सविन गुरुङ, सरोज गुरुङ, सुजन तामाङ, वसन्त गुरुङ, विष्णु गुरुङ, विनोद तामाङ, कुमार महरी र रुवन तामाङ लगाएत रहनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले काँग्रेस प्रति जनताको आशा र भरोसा रहेकाले जनताका पक्षमा काम गरिरहेको बताउनु भयो । महतले मुलुकलाई कम्युनिष्ट सरकारले गाईजात्रा बनाएर डुबाएको समेत बताउनुभयो । चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै महतले विश्वभर कम्युनिष्ट सरकार असफल भएको बताउँदै नेपालमा पनि त्यही हालत हुने दावी गर्नुभयो ।
काँग्रेसले काम गरेपनि प्रचारप्रसार गर्न नजान्दा पछि परेको उहाँको विश्लेषण रहेको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बाम सरकार निरङ्कुशता पूर्वक सबै अधिकार आफ्नो हातमा लिएर जथाभावी गरिरहेको बताउनुभयो । क्षेत्रीय सभापति बालकृष्ण वस्नेतको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका विभिन्न नेताहरूले बोल्नुभएको थियो । यसै गरी राप्रपाका केन्द्रीय सदस्य कर्ण बुढा सहित डोल्पाका ५३ जना नेता–कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । काँग्रेसले केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गरेर राप्रपा कर्णाली संयोजक समेत रहेका बुढा सहितका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराएको हो । उँहाहरुलाई सभापति शेर बहादुर देउवाले पार्टी सदस्यता वितरण गरेका छन् । पार्टी प्रवेश कार्यक्रमामा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरु विमलेन्द्र निधि र विजय कुमार गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री कृष्ण सिटौला लगायतका नेताहरु उपस्थित रहनु भएको थियो । 

, ,