आफैँ बखु बनाउँछन् भोटेनाम्लाङका महिला


रूपक पुरी
लोकप्रिय समाचार
बखु, राडिजस्ता दैनिक जीवनमा आवश्यक साधन बुन्न सजिलो छैन । भेडाको उनलाई धागो बनाएर तिनचार दिन दुख गरेपछि मात्र राडि, बखुजस्ता सामग्री बन्छन् । काम गर्न कठिन भए पनि यहाँका महिलाहरू आफ्नो घरमा प्रयोग हुने राडि, पाखि, बखुलगायतका सामान आफैँ वनाउछन् । अझ केही महिलाहरू आफूले बुनेका सामग्री बेचेर घरखर्च समेत चलाउन पछि परेका छैनन् ।
पाँचपोखरी थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङका अधिकांश घरहरूमा दर्जनौंको संख्यामा भेडाहरू पालिएका छन् । उटा भेडाबाट एक वर्षमा दुई पटकसम्म ऊन काट्न सकिने कान्छि तामाङ बताउनुहुन्छ । भेडाको उन काटिसकेपछि करिव एक महिना लगाएर धागो काट्नुपर्छ। चर्खा प्रयोग गरेर बनाएको धागोले बखु, राडि बनाउन मिल्दैन । त्यसैले महिलाहरू हातैले धागो काटेर बखु र राडिजस्ता  वस्त्र बनाउँछन् । एक विसौलि उनको धागो काट्न धेरै समय लाग्छ । त्यसैले उनिहरू भारि बोकेर हिड्दासमेत धागो काटिरहेका भेटिन्छन् । भोटेनाम्लाङ का बँगाराम तामाङले कहिले पनि ज्याकेट र कोट लगाउनुभएको छैन ।
उहाँ भन्नुहुन्छ, घरमा श्रीमती आमाहरूले बख्खु बुन्नुहुन्छ, त्यहि लगायर जाडो कटाईन्छ । भोटेनाम्लाङका मात्रै करिब ३ सय महिलाले राडि, बखु बुन्ने गरेका छन् । जस मध्ये आधा जसोले आफ्नै परिवारका लागि मात्र बुन्ने गरेको विरवहादुर तामाङले बताउनुभयो ।


,