लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले फरार व्यक्तिहरु पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी माधव प्रसाद काफ्लेका अनुसार ठगिको आरोपमा फरार रहेका सुनकोशी गाउँपालिकाका प्रकाश कार्की र चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ का कमल नेपालीलाई जिल्ला प्रहरी कार्यालय फैसला कार्यान्वयन शाखाबाट खटिइ गएका प्रहरीले नियन्त्रणमम लिइ फैसला अनुसार सजाय दिलाएका हो ।
काफ्लेका अनुसार कार्कीलाई असोज २६ गते भक्तपुरबाट नियन्त्रणमा लिएको हो । धादिङ्ग जिल्ला अदालतको २०६९ जेष्ठ २९ गतेको फैसला अनुसार ४,५७,०००।– (चार लाख सन्तावन्न हजार) जरिवाना तोकिएकोमा उक्त जरिवाना उठाउन बाँकी रहेकोले अदालतमा पेश गर्दा जिल्ला अदालबाट छुटेको र नेपालीलाई चोरी मुद्दामा २०७६÷०३÷३१ गतेको जिल्ला अदालत सिन्धुपाल्चोकको फैसलाले ३ महिना कैद र २,५००।– (दुई हजार पाँच सय) र जरिवाना तोकिएकोमा फरार रहेको हुँदा नेपालीलाई नियन्त्रण लिई जिल्ला अदालत सिन्धुपाल्चोकमा बुझाइएको छ ।
जिप्रका सिन्धुपाल्चोकबाट फरार अभियुक्त पक्राउ
[email protected] Powered by Blogger.
