घाँटी रेटेर युवकको हत्या


 रुपक पुरी
सिन्धुपाल्चोकको पाँचपोखरि थाङपाल गाउँपालिका वडा नम्वर ५ गुन्सामा घाँटी रेटेर एक युवकको हत्या गरिएको छ । गए राति १० वजेतिर शिर छेदन गरि विजय गोलेको हत्या गरिएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । दर्नालका अनुसार सोहि ठाउँका वर्ष २३ को मिलन स्याङ्वो र वर्ष  २४ को वम बहादुर स्याङ्वोले हत्या गरि फरार भएको प्रहरिको अनुसन्धानवाट पत्ता लागेको छ । फरार रहेका अभियुक्तको खोजिकार्य जारि रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारि दिनुभयो  । लासलाई पोसमार्टम गर्न मेलम्ची लगिएको छ । दिउँसो विवाद भएको र त्यहीँ विवादलाई लिएर बेलुका मादकपदार्थ सेवन गरि हत्या गरिएको हुनसक्ने प्रहरिको अनुमान छ
यसै बिच पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले घटना प्रती दुख ब्यक्त गर्दै दोषी पत्ता लगाइ दोषीलाइ कडा भन्दा कडा कार्बाही  गर्न  प्रहरीलाइ सहयोग गर्न पालीका बासीलाइ अनुरोध गर्नु भएको छ । गाउँपालिका अध्यक्ष टासी लामा राती नै घटना स्थलमा पुग्नु भएको थियो ।  यसै गरि गाँउपालकिाका सल्लाहकार बिजय पौडेलले   वार्ड न ५ गुन्सामा रातको करिव १०ः१५ मा भएको विबत्स हत्या निन्दनीय छ । दोषीलाई कडा भन्दा कडा कारबाही होस । तत्कालीन नेकपा एमाले गुन्सा गाउँ कमिटी अध्यक्ष स्व . काजी गोलेको छोरा बिजय गोले को शिर छेदन गरि गरिएको हत्या र क्रुर मानवताको पराकाष्ठा हो  भन्नु भएको छ  । उहाँले
हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा हार्दिक समवेदना समेत ब्यक्त गर्नू भएको छ । राती नै मेलम्ची प्रहरी निरीक्षक महेन्द्र दर्नालको टोलि घटना स्थलमा पुगेर  अभियुक्त पत्तालगाइ खोजी कार्य गरिरहेको छ भने  । मृतकको शरिरलाइ लाई पोस्टमार्ट्नको लागि मेलम्ची लगिएको छ ।


, , ,