इन्द्रावती गाउँपालिकामा निःशुल्क शिविर


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा अमेरिका स्थित रोटरी क्लबको सहयोगमा निशुल्क शिबीर हुने भएको छ । गाँउपालिकाका  अध्यक्ष्य वंशलाल तामाङ्गको अमेरिकाका केही सामाजिक संस्थाहरुसँँग सम्बन्ध भएकै कारण भगीनी सम्बन्ध गाँस्नका साथै गाँउपालिकाका नागरिकहरुलाई यसरी निशुल्क शिविरको व्यवस्था गरी स्वास्थ्य परिक्षण गराउान सहज भएको हो । इन्द्रावती गाउँपालिकाको आयोजनामा नवलपुर प्राथमिक अस्पतालमा कात्र्तिक १५ गते शिविर हुन लागेको हो । रोटरी क्लब अफ महाराजगञ्ज तथा संयुक्त राज्य अमेरिका स्थित रोटरी क्लबहरुको सहयोग तथा सह आयोजनामा शिविर हुन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष वंशलाल तामाङका अनुसार अनुभवी नेपाली डाक्टर सहित अमेरिकाबाट १७ जना स्वास्थ्य भिजिटरहरु शिविरमा आउनेछन् र शिविरमा दाँत, आँखा, नाक, कान घाँटी, भिडियो एक्सरे, स्त्री रोग, हड्डीको रोगबारे निशुल्क उपचार गरिने भएको छ भने सामान्य चिकित्साको उपचार गरिने भएको छ । यसै बिच इन्द्रावती गाँउपालिकाका अध्यक्ष वंशलाल तामाङ्गले गाँउका सबैलाई शिविरमा आइ स्वास्थ्य परिक्षण गरि उपचार गर्नका लागि आउन अनुरोध गर्नु भएको छ ।

, ,