सभामुख काँग्रेसले लिने बस्नेतको दाबी


लोकप्रिय समाचार  प्रतिनिधिसभाको सभामुख को रिक्त पदमा नेपाली काँग्रेस पार्टीको दाबी रहेको  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतले  बताउँनु भएको छ । उँहाले संबिधानको निर्माण र लागु गर्ने जिम्मेवारी बहन गरेको काँग्रेसले संबिधानको कार्यन्वयन गर्नु पनी उत्तीकै दाइत्व भएकोले  संबिधानको कार्यन्वयन गर्न पनी काँग्रेसले रिक्त सभामुखको पदमा उम्मेदार  दिने बताउँनु भयो  अहिले सभामुख पद रिक्त छ, नेपालको संविधानले पनि सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिङको हुनुपर्छ भनेर व्यवस्था गरेको छ’’,  संबिधानको पालन गर्नका लागी पार्टी सभापती शेरबहादुर देउवाले भनेजस्तै हामी सभामुखमा उम्मेद्धवारी दिन्छौ बस्नेतले दाबी गर्नु भयो बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  यस्तो दाबी गर्नू भए पनी  कसंलाइ उमेद्धारी बनाउँने भन्ने बारेमा भने केही बोल्नु भएन  ।नेता बस्नेतले चिनियाँ राष्ट्रपति सी जिन पिङको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको बताउँदै ‘‘उहाँको भ्रमणको क्रममा सडक, हाईड्रोदेखि रेलसम्म सम्झौता भएका छन् । यो महत्वपूर्ण कुरा हो । तर, सहमति भएरमात्रै हुँदैन, कार्यान्वयन पक्षलाई पनि कडाईका साथ अघि बढाउनुपर्छ ’’ भन्नु भयो  उँहाले बिगतमा भएका सम्झौता हरु कार्यन्वयन नभएको अबस्थामा यो पनी नहुन सक्छ  भन्नु हुदै सम्झौता सँगै कार्यन्वयनमा पनी जोड दिन पर्ने बताउँनु भयो । आफ्नो पार्टी सरकारकामा हुँदाखेरि अघि बढाईएको काठमाडौं–खाँडीचौरसम्मको अरनीको राजमार्गलाई चार लेनको बनाउने कुरा अहिलेको सरकारले प्राथमिकताका साथ अघि नबढाएकोमा दुख ब्यक्त गर्दै   , ‘‘यसमा हामीले चीनसँग सहमति गरेका थियौं । यसको लागि लाग्ने २४ अर्ब लागत चीनको एक्जिम बैंकले लगानी गर्ने कुरा भएको थियो ।’’ तर त्यो कार्यन्वयन मा किन ढिलाइ भएको हो भन्नु भयो ।  उँहाले रिपोर्टस क्लबले बिहीबार गरेको साक्षरत्माक कार्यक्रममा बोल्दै यस्तो बताउँनु भएको हो ।
 बस्नेतले नेपालले सडक सञ्जाललाई बढि प्राथमिकता दिनुपर्ने बताउँदै रेल बहुचर्चाको विषय बनाईयो ।  यो धेरै खर्चिलो परियोजना हो । यसको लागि चार खर्बको हाराहारीमा पैसा लाग्छ ।   भन्नु भयो बस्नेतले ’ तातोपानी नाका लामो समयदेखि बन्द रहेको सुनाउँदै अहिलेपनि मुखले खोलिएको भनिएपनि व्यवहारिक रुपमा बन्द नै रहेको हँदा  चीनसँगका नाकाहरु खोल्नतर्फ ध्यान दिन सरकारलाई सुझाव दिनु भयो ।

,