बदेलका कारण धान खेती नष्ट


लोकप्रियसमाचार  सिन्धुपाल्चोक जिल्लामा बिगत केही दिन देखी बदेल आतङ्कले किसानहरु मर्कामा परेका छन ।  बर्षादको समयमा पानीको समस्या मल हाल्ने समयमा मलको समस्या  अनी बिरुवा हुर्काउँने समयमा किरा फटेयागं्राका सामस्या अनी बल्ल बल्ल बाली पाक्यो बदेल र  स्याल दुम्सीको कारण बाली नष्ट भए पछी  किसान जसरी पनी मार्कामा परिरहेका छन ।

सिन्धुपाल्चोक जिल्ला बलेफी गा. पा. वडा नं२ र ३ फुलपिङकोट चौतारा साँगाचोकगढी नगरपालीका १४डडुवा लगाएतका गाँउहरुमा पाकेको धानखेतमा बदेलले माडेर खेतको गरा भत्काउँने  धान माडेर  झार्ने  गरेको हुँदा दुख लागेको बलेफी गाँउपालीकाका यमनाथ पौडेलले बताउँनु भयो उँहाले ६० ,७० मुरी धान आउँने खेत भुसुक्कै बिगारिदिएर धान समेत नोक्सानी गरिदिएको बताउँनु भयो सोही पालीकाका फस बहादुर न्यौपानेले बदेलका कारण धानबाली  भित्र्याउँन नपाएको गुनासो ब्यक्त गर्नु भयो चौतारासाँगाचोकगढी नगरपालीका वडा नं १४को किसान खिनाकुमारी बस्नेतले ६रोपनी जग्गामा लगाएको धान सबै खेतमा नै  बदेलले झारिदिएको हुँदा मंसीरको कमाइ  यसरी नोक्सानी हुँदा खेती गर्न पनी जाँगर हराएको बताउँनु भयो ।   बलेफी गाँउपालीकाका स्थानिय बासिकाअनुसार  फुल्पिङकोट ४ विस्टे स्वारा हुदै धुस्कोट चिलाउने भिरखर्क लगाएत नौबिसे बिस्टेस्वारा कल्लेरी गाउँ कालीदह चिलाउने धुस्कोट भिरखर्क फुल्पिङकोट डाँडा याङलाकोट ओख्रनी गाउँटोल सबैको धान कोदो बाली बदेल दुम्सी स्याल चितुवा जस्ता जनावरले  नष्ट गरेर किसानलाइ   दुख हैरानी पारेको  छ । यसका कारण किसान हरु समस्यामा परेका छन ।   यसको नियन्त्रणका लागी सरकारले बिषेश योजना लागू गर्न पर्ने फस बहादुर न्योपानेको भनाइ रहेको छ । 

, , , ,