राती १०बजे देखी ६बजे सम्म देउसी खेल्न नपाइने


लोकप्रिय समाचार नेपालीहरुको दोश्रो महान चाडमा खेल्ने गरेको देउसी भैलोलाइ  राति १० बजेपछि खेल्न रोक लगाएको छ । देशभरका स्थानीय प्रशासन कार्यालयहरुले राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसीरभैलोलगायत का बिभिन्न कार्यक्रम आयोजना गर्न रोक लगाएका हो । स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्तिसुरक्षा व्यवस्थापनमा खलल र्पुयाएको अभियोगमा कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ ।

देउसीरभैलोलगायतका कार्यक्रममा अरुलाई नकारात्मक असर पुग्नेगरी कुनैपनि गतिविधि नगर्नसमेत स्थानीय प्रशासनले सचेत गराएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले पनी ।ाती १०बजे पछी कुनै पनी प्रकारका कार्यक्रम देएसी भैलो नखेल्न र चाडबाडको समयमा मादक पदार्थ सेवन गरि कुनै पनी होहोल्ला  गर्ने समाजमा अशान्ती मच्चाउने जो कोहीलाइ पनी कार्बही गरिने जनाएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफ्लेले ‘सांस्कृतिक पर्वलाई व्यवस्थित र अनुशासित बनाउनका लागि सार्वजनिक आवागमनलाई अवरोध पुग्नेगरी समेत कुनैपनि कार्यक्रम नगर्न  रातको समयमा देउसीरभैलोलगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन नगर्न ‘सार्वजनिक शान्तिसुव्यवस्थालाई खलल पुग्ने गरी चाडपर्व लगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि नगर्न  अनुरोध गर्नु भएको छ ।  ‘शान्तिसुरक्षा र सार्वसाधारणको निजी जीवनमा नकारात्मक असर नहुने गरी सांस्कृतिक चाडपर्व तथा मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदै  ‘कसैले देउसीरभैलो तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमको आबरणमा कुनैपनि व्यक्ति वा संस्थासँग लिखित वा मौखिक रुपमा जबर्जस्ती चन्दा माग गरेको पाइए त्यसमाथी पनि कडा कारबाही हुने  बताउँनु भयो ।

तिहारको समयमा पटका, आतासबाजी, रकेट जस्ता बारुद तथा विस्फोटकजन्य वस्तु ओसारपसार तथा बेचबिखन गर्नेमाथि समेत नियन्त्रणमा लिएर कारबाही गरिने ,बारुदजन्य पदार्थ ओसारपसार तथा बिक्रिवितरण नियन्त्रण गर्न सादा पोशाक र गस्तीसहितको प्रहरी टोली नै खटिएको छ । साथै आआफ्ना छर छिमेकमा कुनै पनी गैरकानुनी क्रियाकलाप हुन लागेको थाहा पाएमा वा सामाजीक असर पर्ने काम हुन लागेकामा नजिकको प्रहरी कार्यलय वा १००मा फोन गरि जानकारी दिन समेत  जिप्रकाले सबै सँग अनुरोध गर्नु भएको छ ।

, ,