नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सपथ २ गते

लोकप्रिय समाचार 
पुर्व नेकपा एमाले र माओवादीको मिलन पछी बनेको पार्टी एकताले अब स्थानीय तहमा पनि पुर्णता पाउन थालेको छ । पार्टीले जिल्लाको  टुङ्गो लगाएसँगै सिन्धुपाल्चोकमा पनी १२ वटै स्थानीय तहको टुङ्गो लगाइ कात्र्तिक २ गते १२ वटै तहमा सपथ खुवाउने कार्यक्रम राखेको छ । नेकपाका जिल्ला अध्यक्ष झम्क नेपालका अनुसार कात्र्तिक २ गते जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा कृष्ण प्रसाद सापकोटा र डोल्मा तामाङ्गलाई नयाँ कमिटीलाई सपथ खुवाउन तोकिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपाको नगर कमीटीमा रामचन्द्र बस्नेत अध्यक्ष रहनु भएको छ । उँहा लगायतका नगर कमीटीका पदाधिकारीहरुलाई सपथ खुवाउने कार्यक्रम रहेको छ । त्यसै गरि बाह्र्बिसे नगरपालिकामा पनि सोही दिन माननिय अग्नी प्रसाद सापकोटाले सपथ खुवाउने कार्यक्रम रहेको छ । यसै गरी मेलम्ची नगरपालिकामा माननीय शेर बहादुर तामाङ्ग र चन्द्र थापाले सपथ खुवाउने कार्यक्रम तय भएको छ। त्यसैगरी भोटेकोशी गाँउपालिकामा सोम सापकोटा र अमृता नेपालले सपथ खुवाउनु हुनेछ भने त्रिपुरासुन्दरी गाँउपालिकामा अमृत बोहोरा र राजकुमार श्रेष्ठले सपथ खुवाउाने कार्यक्रम रहेको छ । यसै गरी लिसखुंपाखर गाँउपालिकामा मन्त्री अरुण नेपाल र सरल सहयात्रीले सपथ खुवाउने कार्यक्रम रहेको नेकपाका अध्यक्ष नेपालले जानकारी दिनु भएको छ । उँहाका अनुसार सुनकोसी गाँउपालिकामा सरेश नेपाल र गोविन्द पराजुलीले सपथ खुवाउनु हुनेछ भने बलेफी गाँउपालिकामा केदार क्षेत्री र केशव नेपालले सपथ खुवाउने कार्यक्रम तय भएको छ। 
यसैगरी जुगल गाँउपालिकामा माधव सापकोटा सुबोध र मेघनाथ पौडेलले सपथ खुवाउने कार्यक्रम रहेको छ । यसै गरि इन्द्रावती गाँउपालिकामा मन्त्री युवराज दुलाल, र पाटी जिल्ला अध्यक्ष झम्क नेपालले सपथ खुवाउनु हुने कार्यक्रम तय भएको छ । हेलम्बु गाँउपालिकामा भने हस्त पण्डित र झम्क पराजुली र पाँचपोखरी गाँउपालिकामा जिल्ला पाटी सचिव दावा तामाङ्ग र सुभाष कर्मचार्यले सपथ खुवाउने कार्यक्रम तय भएको समेत नेपालले बताउनु भयो । जिल्लामा रहेका स्थानीय तहको सपथ पछी वडामा पनि वडा कमीटीहरुलाई पनि छिटै पूर्णता दिइने भएको छ । 

, ,