किसान चौतारी सम्बन्धी अन्र्तक्रिया


रूपक पुरी
लोकप्रिय समाचार
सामुदायिक आत्मनिर्भर केन्द्रको आयोजनामा मेलम्चीमा किसान चौतारी सम्वन्धी अन्तर्क्िरया सम्पन्न भएको छ । केयर नेपालको सहयोग तथा राष्ट्रिय कृषक समूह महासंघको समन्वयमा उक्त अन्र्तक्रिया भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले सामुहिक खेतीलाई अघि नबढाए सम्म कृषि क्षेत्र तथा किसानको प्रगति नहुने कुरामा जोड दिनुभयो । अर्यालले मेलम्ची नगरपालिकाको प्राथमिकता पनि कृषि क्षेत्र भएकाले योजनाबद्ध रूपमा नगर अघि बढेको समेत बताउनुभयो । कार्यक्रममा राष्ट्रिय कृषक महासंघका केन्द्रीय अध्यक्ष नवराज बस्नेत, सामुदायिक आत्म निर्भर केन्द्रका कुमार थापा, कृषक समूह महासंघका मेलम्ची नगर अध्यक्ष शिवप्रसाद भट्टराई लगायतले बोल्नु भएको थियो । अन्र्तक्रियामा मेलम्ची  नगरपालिकाका अगुवा किसानहरूले आफुले भोगेका समस्याबारे बताउनुभएको थियो ।

,