अधिवेशनको संघारमा जिल्ला लघु उद्यमी संघ (डिमेगा) सिन्धुपाल्चोकको अवसर र चुनौतिहरु


  



 सिन्धुपाल्चोक जिल्लाको ग्रामिण क्षेत्रहरुमा लघु उद्यम विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय स्तरका स्रोत तथा साधनमा आधारित लघु उद्यमहरु सञ्चालन हुदै आईरहेको छ । संस्थाले उद्यमसिलता विकास ,व्यवसायिक सीप,प्रविधि व्यवस्थापन ,बजारीकरण र व्यवसायिक परामर्श सहयोग बाट साना लगानी ,कम उत्पादन र थोरै नाफा आर्जन गरेर जीविकोपार्जन गरि रहेको लघु उद्यमीहरुको क्षमता विकासको लागि इच्छा शक्ति,कर्म शक्ति र ज्ञान शक्तिलाई परिमाणमा रुपान्तरण गर्न र उद्यमीहरुलाई व्यवसायिक सफलता हासिल गराउन लघु उद्यमीहरु विभिन्न स–साना समुहहरुमा आवद्ध भइरहेको हुन्छन । यस्ता उद्यमीहरुलाई दिगो तरिकाले संरक्षण र सम्बर्धन गर्न÷गराउन,व्यवसायिक सहयोग उपलब्ध गर्न÷गराउन बान्छनीय भएकोले लघु उद्यमीकहरुको प्रतिनीधिमुुलक स्वतन्त्र, नाफारहित गैरराजनैतिक सेवा प्रदांयक संस्थाका रुपमा ‟जिल्ला लघु उद्यमी संघ सिन्धुपाल्चोक” स्थापना र सञ्चालन गरिएको छ ।
परिकल्पनाः
ग्रामीण समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक स्थितिलाई सुदृढ पार्दै सम्बृद्ध समाजको निर्माण गर्न नेपाल सरकारले लिएको दिगो विकास लक्ष्य अनुरुप जीविकोपार्जनमा सुधार गरि आम्दानीमा वृदि गराउन उद्यमसिलता विकास गराउनु ।
लक्ष्य
स्थानिय श्रोत,बजारको माग र स्थानीय बासिन्दाको चाहनामा आधारित व्यवसायमा समुदायको पहुँच विस्तार गर्दै समाजको आर्थिक, सामाजिक विकासबाट गरिबी न्युनीकरणमा सहयोग पु¥याउर्दै अति विपन्न ,दलित,जनजाति  एकल महिला ,जेष्ठनागरिक,अपाँगत  र  सुविधा विहिन परिवारको उत्थानसिलताको लागि  दाताहरुको सहयोगमा लघु उद्यम संचालनमा सहयोग गर्ने ।
उद्देश्य
जिल्ला लघु उद्यमी समुह संघ, सिन्धुपाल्चोक मुख्य उदेश्य भनेको जीविकोपार्जनको ५ क्षेत्रहरुमा कार्य संचालन गरि गरीवी निवारणमा सहयोग पु¥याउने भएता पनि निम्न उद्देश्यहरु निम्न अनुसार रहेका छन् ।
क) यो संस्था मुनाफा रहित जनहितकारी संस्था हुनेछ ।
ख) लघु उद्यमीहरुको प्रतिनिधीमुलक संस्थाको रुपमा सिन्धुपाल्चोक जिल्लाभरिका लघु उद्यमीहरुको
विशुद्ध पेशागत हक तथा हित संरक्षणको लागि कार्य गर्दछ ।
ग) बिद्यमान तथा सम्भावित लघु उद्यमीहरुको लागि आवश्यक उद्यमशिला तथा प्राविधिक र  ब्यवस्थापन सीप विकास तालीम,उपयुक्त प्रविधि ,बजार सम्बन्ध विकास , संस्थागत विकास ,व्यवसायिक योजना र व्यवसायिक परामर्श तथा सामाजिक परिचालन,स्रोत र संभाव्यता अध्ययन,बजार अध्ययन,संस्थागत विकासको लागि क्षमता र केस अध्ययन अभिवृदिका तालिमहरु आदि सहयोग जुटाउन विभिन्न सेवा प्रदाय संघ संस्थाहरुसंग समन्वय र सम्पर्क गर्ने ।
घ) आर्थिक तथा सामाजिक रुपम पिछडिएका समुदायका विपन्न वर्ग खास गरि दलित, जनजाति, महिला, अपाङ्ग, सुकुम्बासी आदिको आर्थिक उत्थानका लागि जीविकोपार्जनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।
ङ) लघु उद्यम विकास कार्यक्रमले प्रवद्र्धन गरेको सफल कार्य प्रणाली अवलम्बन गर्दै उद्यमशिलाता विकासको माध्यमद्धारा गरिवी निवारणका लागि कार्यक्रम संचालन गरिने ।
च) सामाजिक न्यायको सिद्धान्तको आधारमा लघु उद्यमीहरुको  दिगो विकासको लागि सहभागितात्मक कार्य अनुुसन्धान स–साना भौतिक पुर्वाधार विकास लगायत अति गरीवहरुका लागि प्रत्यक्ष सहयोग कार्यक्रमहरु संचालन गर्नका लागि विभिन्न सेवा प्रदायक निकायहरुसंग सम्पर्क तथा समन्वय गर्ने ।
छ) स्थानीय स्रोत,सीप,दक्षता तथा प्रविधिकहरुको अधिकत्तम उपयोग गरि स्वरोजगारी सृजनाको लागि सहयोग पुराउने ।
ज) लघु उद्यमीहरुको विकासको लागि आवश्यक देखिएका अन्य  कार्यहरु गर्ने ।
झ) विपदमा परेको समुदायको लागि उत्थानसिल परियोजनाहरु संचालन गर्दै विपद जोखिम न्युनिकरणको लागि दाताहरुको सहयोगमा कार्य संचालन गर्ने ।
ञ) प्राकृति वा मानवनिर्मित विपदहरु बाट प्रभावितहरुको पुर्नस्थापनाको गतिविधिहरु संचालन गर्ने ।

कार्यनीति
    स्रोतको सम्भाव्यता, समुदायको माग र आवश्यकता तथा वजारको मागमा आधारित कार्यक्रम संचालन गर्ने ।
    लैंगिक समनता कायम गरी स्थानिय स्तरमा कार्यक्रम संचालन गर्ने ।
    वातावरणिय सन्तुलन, स्वच्छतर उत्पादन , मानव अधिकार , पिछडिएको वर्गलाई विशेष प्रथमिकता दिने ।
    लघु उद्यमको क्षेत्रमा काम गर्ने  अन्य सरकारी तथा गैर सरकारी संस्थाहरु संग समन्वय गरि कार्यक्रम सञ्चालन गर्ने ।
    विपदमा परेको ,यौन शोषण र घरेलु हिंसामा परेका तथा सामाजिक वहिष्कृतमा परेको बर्ग जाति ,क्षेत्र र लिंगलाई उच्च प्रथामिकताको साथ सहभागिता गराउने ।
लक्षित वर्ग
विशेष गरी यस जिल्ला लघु उद्यमी संघ, सिन्धुपाल्चोकले अति विपन्न, गरिवीको रेखामुनि रहेका तथा विकासका पुर्वाधारहरुबाट टाढा रहेका समुदायमा कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।जसमा महिला , दलित, आदिवासी जनजातिहरुलाई लक्षित गरि कार्यक्रमहरु कार्यान्यन गरिन्छ ।
त्यसै गरि जिल्लामा रहेका लघु उद्यमीहरुको विकास तथा विस्तारका लागि र उनिहरुको हक अधिकारको लागि वकालत गर्ने किसिमका कार्यक्रमहरु कार्यान्वयन गरिन्छ ।  कार्यक्रममा सहभागिता  अति विपन्न परिवारको कम्तिमा दलित ३०%, जनजाति ४०% ,महिला ७०% र युवा ६०% अनिवार्य सहभागि हुनेछन । साथै  प्रकोपको उच्च जोखिम, घरेलु हिंसा, यौन शोषणमा परेको  र सामाजिक बहिष्कृतमा परेकाहरु लक्षित समुदाय रहनेछन ।
संस्थाको प्रगतिहरु ः
 सिन्धुपाल्चोक जिल्लामा लघु उद्यम विकास र प्रर्वदन  लागि सामाजिक परिचालन,उद्यमसिलता विकास ,सीप विकास तालिम,उपयुक्त प्रविधि,लघु कर्जामा पहुँज र बजारीकरणमा सहयोग एकै मोडलमा काम गर्ने फरक पहिचानको  सामाजिक संस्था जिल्ला लघु उद्यमी संघले स्थापना समय देखि नै गरीवी निवारणको क्षेत्रमा क्रियाकसिल यस संस्थाले गत  आ.व. २०७५÷७६ उद्यम स्थापनमा राम्रो काम गर्न सफल रहेको छ । प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय,प्रदेश नं ३ , घरेलु तथा साना उद्योग विकास समिति सिन्धुपाल्चोकले आर्थिक तथा प्राविधि सहयोगमा २१० जना नयाँ उद्यमी सिर्जना तथा  ११९ जना पुरानो उद्यमीलाई व्यवसाय सुधार तथा स्तरउन्नति सहयोग सम्पन्न गरियो ।स्थानीय तहहरु इन्द्रवति गाउँपालिका बलेफी गाउँपालिका र पाचपोखरी थाङपाल गाउँपालिको आर्थिक सहयोग उद्यमी सिर्जना गरि लघु उद्यम स्थापना  गर्न सफल भएको छ । साथै वन डिभिजन कार्यालय सिन्धुपाल्चोकको सहयोगमा वनमा आधारित उद्यम सिर्जना तथा विद्यालय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
अवसर
 जिल्ला लघु उद्यमी संघ सिन्धुपाल्चोकले आफु सँग रहेको स्रोत र साधन तथा क्षमताको समुचित परिचालन र प्रयोगबाट  सिन्धुपाल्चोक जिल्ला आर्थिक समृद्धिको लागि लघु उद्यम मुल आधार बनाउन सक्नेछ । डिमेगा सँग उद्यम सिर्जना गर्ने मेडल अन्तराष्ट्रिय श्रम संगठनले विकास गरेको व्यवसाय सुरु तथा सुधार मेनुअल ,उद्यम विकास सहजकर्ता , कृषि तथा पशु प्राविध र जिल्ला कार्यक्रम संयोजकको सहयोगमा स्थानीय सरकारको आर्थिक विकास शाखा अन्र्तगत उद्योग क्षेत्र सँग लघु उद्यमको बजेट विनियोजन गर्ने, उद्यम विकास रणनैतिक योजना निर्माण ,पालिका स्तरीय उद्यम विकास समिति गठन आदि कार्यक्रम प्राप्त गर्न सकिन्छ । संचालित उद्यमहरुको सुधार विस्तारको अध्ययन,परामर्श,व्यवसायिक योजना पुन निर्माण  अवसरहरु प्राप्त गर्न सकिन्छ । नयाँ उद्यम स्थापनाको लागि आवश्यक तयारीको पुर्व अध्ययन ,सामाजिक परिचालन ,सहभागितात्मक ग्रामिण  लेखाजोखा , दु्रत ग्रामिण लेखाजोखा आदि कार्यक्रम प्राप्त गर्न सकिन्छ ।
चुनौतिहरु र अवको नेतृत्व ः
सिन्धुपाल्चोक जिल्लामा संस्था दर्ता ऐन २०३४  अनुसार विधिवद्ध दर्ता भइ क्रियासिल सामाजिक संस्थाले आज सम्म १३ औ बसन्त पार गर्दा उतार चडावहरुको सामना गरेको छ । संस्था यस समय सम्म विभिन्न सीप र दक्षता हासिल गरेको व्यक्तित्वहरुको सवल नेतृत्वको कारण निरन्तर क्रियासिल र जिल्लामा पहिचान राख्न सफल छ । जिल्ला लघु उद्यमी समुह संँग सिन्धुपाल्चोक जिल्लामा रहेको सक्रिय उद्यमीहरुको सदस्यता,साथ र सहयोग बाट संचालित संगठित स्वरुप हो । विगतमा बजार केन्द्रमा लघु उद्यमी समुह निर्माण गरेर मासिक बैठक संचालन गरेर उद्यमीहरुको अवस्था ,समस्या र आवश्यकता बारे छलफल गरि विकल्पहरुको पहिचान गरिन्थ्यो  । तर हाल स्थानीय सरकारको गाउँपालिका तथा नगरपालिका संचालन निर्देशिका २०७४ ले ति समुहहरु भंग गरि गाउँ वा नगर पालिका स्तरीय लघु उद्यमी समुह निर्माण भएको छ । जस्को कार्यधिकारहरु तोकेको पाईन्छ । स्थानीय लघु उद्यमी संघको अध्यक्ष वा निजले तोको व्यक्ति उद्यम विकास समितिको सदस्य रहने व्यवस्था लघु उद्यम विकास कार्यक्रम निर्देशिका २०७० (सशोधित २०७५ ) मा उल्लेख गरिएको  छ ।
 सिन्धुपाल्चोक जिल्लामा ९ गाउँपालिका ३ नगरपालिका गरि १२ स्थानीय तहहरुका १२ वटै स्थानीय लघु उद्यमी संघ रहेको छ । गाउपालिका , नगरपालिका,स्थानीय लघु उद्यमी संघ र ४२७७ जना लघु उद्यमीहरुको समन्वय गरि लघु उद्यमको स्थापनमा वजेट विनियोजन ,कार्य सम्पादन भन्ने कुरा ख्याल ख्याल भने होइन, नयाँ पुजीँवाद ,आर्थिक समृद्धि तथा स्थानीय निकायको भुमिका राम्रो सँग अध्ययन अनुसन्धन गरि अनुभवि नेतृत्वको आजको आवश्यकता छ । आफु पनि उद्यम गरि परिवारको जिविकोपार्जनमा सुधार गर्दै अरुलाई पनि  उद्यमी वन्न उत्प्ररित गर्नु  तथा आफुलाई सामाजिक उद्यमी वनाउन सक्ने क्षमताको अवको नेतृत्व आबश्यक पर्दछ । जिल्ला लघु उद्यमी संघलाई माया र आत्मा साथ गर्ने लोभ,पाप र स्वार्थको भावनाले भरिएको यदि संस्थामा नेतृत्वको वर्चश्व बढेमा उल्लेखित अवसरबाट बच्चित मात्र हैन सिंगो उद्यमीहरुको बदनाम बन्नु बाहेक केहि छैन ।



लेखक ः बिक्रम सुन्दास ( लघु उद्यमी संघ सिन्धुपाल्चोकको कार्यक्रम संयोजक हुनुहुन्छ )



, , ,