पाँचपोखीथाम्पाल हत्या बिबादकै कारण हत्यारा फरार खोजी कार्य जारी


लोकप्रियसमाचार
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले  २०७६असोज ३० गते राति सवादश  बजे भएको हत्या बिबादका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।सिन्धुपाल्चोक पाचपोखरी थाङपाल गाउपालिका वडा नं.५ गुन्सा बस्ने बर्ष २८ को बिजय लामा लाई सोही स्थान .बस्ने बर्ष २३ को मिलन स्याङबो र बर्ष २४ बम बहादुर स्याङबोेले सामान्य बिबाद हुदा धारिलो हतियारले घाटिको पछाडि प्रहार गर्दा बिजय लामाको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यैलय सिन्धुपाल्चोकले जनाएको छ ।  जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार राती ११ः३० बजे दुर्घटनाको खबर  प्राप्त हुन साथ मानेखर्क  चौकीबाट तथा ईलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोक बाट प्र.नि.को कमाण्डमा  प्रहरी टोली घटना स्थल पुगेको थियो । धारिलो हतियार प्रयोग गर्ने दुबै जना फरार रहेको निजहरुको खोजतलास.कार्य जारी रहेको छ । ,घटनास्थल बाट मृतकको घर ७ मिटर दक्षिण तर्फ  रहेको छ । यस घटनालाइ प्रहरीले  अनुसन्धानका साथ हत्याराहरुको खोजीकार्य तिव्र,रुपमा अगाडी बढाएको छ ।  मृतक सव पोष्टमार्टमका लागी .मेलम्ची स्वास्थ्य केन्द्र ल्याईएको  जिप्रका सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायबउपरिक्षक माधब प्रसाद काफ्लेले जनकारी दिनुभएको छ ।

, ,