अनीयमितता नगरी पारदर्सीता गर्न टासीको आग्रह


 लोकप्रिय समाचार सिन्धुपाल्चोक जिल्ला  पाँचपोखरीथाङ्पाल गाँउपालीकाका अध्यक्ष टासी लामाले स्थानीय बिकासका कुनै पनी काममा पारदर्सीता हुन पर्ने बताउँनु भएको छ । उँहाले अहीले काम गरेर जनताको मन जित्ने बेला हो त्यसेले थोरै बजेटले पनी धेरै  गुणस्तरिय काम गरेर पारदर्सीतामा जान पर्ने बताउँनु भयो ।

उँहाले धेरै काम गर्ने  भन्दैमा गुणस्तर हिन काम गर्न पनी नहुने र अनाबश्यक बजेट खर्च पनी गर्न नहुने बताउँनु भयो । पाँचपोखरी थाङ्पाल गाउँपालीकाको वडा नं ८ लागार्चे वडा कार्यलयमा भएको योजना संञ्चालन सम्बन्धी एक दिने अभिमुखी करण कार्यक्रमको प्रमुख अतिथीका आसनबाट बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । गाँउपालीकालाइ नमुनाकै रुपमा अगाडी बढाउँन सबै लागी पर्न पर्ने बताउँदै बिकासका काममा मेरो तेरो भन्न नहुने यदी त्यसो भन्न लागीयो भने   यसले दिर्घकालीन असर गर्ने समेत बताउँदै वडाका पदाधिकारीहरुले योजना कार्यन्वयन गराउँनका लागी  निश्पक्ष भएर काम गर्न पर्ने बताउँनु भयो । उपभोक्ता समिती निर्माण गर्दा  स्थानीय नागरिकहरुको सहभागीतामा नागरिकहरुबाटै  निर्माण गर्न पर्ने र पदाधिकारीहरुले सकेसम्म यो बनाउ उ बनाउ भन्न नहुने भन्दै उपभोक्ता समितीले पनी मापदण्ड भित्र रहेर गुणस्तरिय र स्थाइत्व हुने गरि  काम गर्न पर्ने बताउँनु भयो ।  वडा नं ८ लागार्चेमा वडा समितीका पदाधिकारी हरु कर्मचारी तथा उपभोक्ता समितीका पदाधिकारीहरुलाइ  योजना संञ्चालन सम्बन्धी वडा कार्यलयले बिहीबार आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रममा उँहाले यस्तो बताउँनु भएको हो । वडा अध्यक्ष श्री बिष्णु खड्का    को सभापतित्वमा सम्पन्न उक्त अभिमुखी कार्यक्रममा वडाका पदाधिकारी उपभोक्ता समितीका पदाधिकारी तथा वडाका कर्मचारी एवम समाज सेवी तथा वडाका  बिकास प्रेमीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा गाँउपालीकाका सल्लाहकार समेत रहनु भएका समाज सेबी  बिजय पौडेलले  गाँउका युवा शक्तीलाइ बिदेसमा  जानबाट रोक्नका लागी पालीकाले युवा लक्षीत कार्यक्रम समेत लागु गरेको हुँदा गुणस्तरिय तथा स्थाइतवका लागी युवाहरु अगाडी सर्न पर्ने बताउँनु भयो । अभीमुखी कार्यक्रममा वडाअध्यक्ष खड्काले यही कार्तीक २र ३ गते खुवाइन लागेको भिटामनि ए र जुकाको औषधी खान र खुवाउँन र पोषण नाप्न सबैलाइ अनुरोध समेत गर्नु भयो ।













, , , , , ,
Lokpriy[email protected] Powered by Blogger.