देशैभर कात्र्तिक २ र ३ गते भिटामिन ए खुवाइदै


लोकप्रिय समाचार
नेपाल सरकारले कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम शिशु जन्मेको छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, र  एक वर्षदेखि पाँचवर्ष मुनिका बालबालिकालाई जुकाको औषधी (अल्वान्डाजोल), खुवाउने कार्यक्रम रहेको छ ।
बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने भएको छ  । नेपालमा सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम सुरुवात भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको र भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्ष मुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक जिल्लाका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले जिल्लाका १२ वटै तहमा रहेका सबै स्वास्थ्य सस्ंथाहरु मार्फत यो कार्यक्रम संञ्चालन गर्न आवश्यक तयारी पूरा भइ सकेको बताउनु भयो । उँहाले सबै पालिकामा बिहानै देखी जिल्लामा रहेका ७११ जना स्वयमसेविकाहरुले यस कार्यमा सहभागीता जनाइ औषधी खुवाउने बताउनु भयो । उँहाले यो कार्यक्रम सफल पार्न सक्रियताका साथ कार्यक्रम सफल पार्न स्थानीय तहका सबै जनप्रतिनी र कर्मचारीहरु तथा विद्यालय परिवार सबैसँग अनुरोध समेत गर्नु भएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका नासु शंङ्कर प्रसाद दाहालले जिल्लाका सबै स्वास्थ्य  कार्यलयहरुमा भिटामिन ए र जुकाको औषधी पठाइ सकिएको र आवश्यकता अनुसार स्थानीय स्वास्थ्य संस्थाहरुले यसको व्यवस्थापन गर्ने बताउनु भयो । कुनै पनि स्वास्थ्य कार्यलहरुमा औषधीको कमी नहुने गरी गत वर्षको विवरण भन्दा पनि बढी औषधी पठाइएको दाहालले बताउनु भयो । जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको १४ वटै वडामा रहेको सबै स्वास्थ्य कार्यालयहरुके व्यवस्थापनमा नगरका ९० जना स्वयमसेवीकाहरुले २ गते बिहानै देखी औषधी खुवाउने व्यवस्था मिलाइएको नगर स्वास्थ्य शाखाका शिव पुरीले जानकारी दिनु भएको छ । 

, ,