मेलम्ची रेडीयो भवन निर्माण अन्तीम चरणमा


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला  स्थित मेलम्ची सामुदायक रेडीयोको भवन निर्माण अन्तीम चरणमा पुग्दै छ भने सहयोग गर्ने सयोगदाताहर पनी बढ्ने क्रम जारी रहेको छ ।

करिब ६५लाख रुपैयाको  लागतमा बन्ने रेडियोको बहुउद्देश्यीय भवन निर्माणका लागि हालसम्म   ९४ जनाबाट ८ लाख ५५ हजार ९७४ रुपियाँ व्यक्तिगत सहयोग उठेको छ  । भने भवन निर्माणको लागी सहयोग गर्ने दाताहरु दिन प्रतिदिन बढ्दै गएका छन । पछिल्लो समयमा मेलम्ची नगरपालिका वडा नं १२, बाँसबारीका ठाकुरप्रसाद धितालले रेडियो मेलम्चीको भवन निर्माणका लागि एक लाख ४ हजार १९६ रुपियाँ सहयोग गर्नूभएको छ . धिताल केही वर्षदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आउनुभएको छ . भवन निर्माण कार्यमा व्यक्तिगत रुपमा सहयोग गर्नेहरुमध्ये उहाँले सबैभन्दा बढी रकम प्रदान गर्नूभएको  .
 रेडियो सञ्चालक समितिका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभएको छ .उँहाका अनुसार  अन्य ९८ जनाले सयोगको प्रतिबद्धता जनाउनुभएको छ .। यो भवन निर्माण सँगै सिन्धुपाल्चोकमा बहुउद्धेश्यीय रेडीयो भवन निर्माण गर्ने पहिलो सामुदायक रेडीयो मेलम्ची हुने भएको छ ।


, ,