हेलम्बुको बस दुर्घटना इन्द्रावतीले रहात दिने
्लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्लाको सिपाटारबाट काठमाडौ जाँदै गरेको हेलम्बु यातातात सेवाद्धारा संञ्चालीत बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु र ६० भन्दा बढि घाइते भएका छन ।
घटना बारै द्ख ब्यक्त गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ईन्द्रावती गाउँपालिका वडा नम्बर १० स्थित तिखुमोडमा भएको बस दुर्घटनामा परी मृत्यु भएका परिवारका सदस्यका टुहुरा बालबालिकालाई निशुल्क शिक्षा प्रदान गरिने प्रतिबद्धता जनाउँनु भयो । उँहाले धुलिखेल अस्पतालमा रहेका घाइतेको उपचार राम्रो गर्नु भन्ने निर्देशन दिदैै तत्काल घाइतेका आफन्तलाई ५० हजार रुपैयाँ औषधिका लागि हस्तान्तरण समेत गर्नु भयो । ।बस्नेतसँगै उपचारत बिरामीको अबस्था बुझ्न तथा सहयोग गर्न सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रावणकुमार जिसि, वडाध्यक्ष रामकुमार थापा, रुपकाजी लामा र नेपाली काँग्रेस क्षेत्र नम्बर २ का उपसभापति नवराज भट्टराई पनि अस्पतालमा पुत्नु भएको थियो ।
घटनास्थलमै मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, काभ्रे पाँचखालकी संगीता पुर्काेटी, इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका बिनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्य रहेका छन् । इन्द्रावती १० माइती भई हाल ललितपुरकी संगीता श्रेष्ठको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका स्चना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो । उँहाकाअनुसार जुना देवी लम्साल इन्द्रावती सुवास तामांग ईन्द्रावती, अनुज तामांग इन्द्रावती, मिना मगर इन्द्रावती,. सुमित पुर्कोटी इन्द्रावती,. बिनोद लम्साल इन्द्रावती ,. हिरा श्रेस्ठ इन्द्रावती ,. रितेश आचर्य इन्द्रावती ,. केदार श्रेस्ठ बनेपा,. संगिता मिजार. सुमिता श्रेष्ठ (बार्ह्िबसे)) रहेका छन । यस घटनाको दुख ब्यक्क्त गर्दे नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले मृतक परिबार लाइ तत्काल क्षेती पुर्ती तथा घाइतेका लागी तुरुन्त उपचारको ब्यबस्था गर्न सरकार सँग माग गर्नु भएको छ । पुर्ब मन्त्री माननीय शेर बहादुर तामाङ्ग , पुर्ब मन्त्री माननीय अग्नी प्रसाद सापकोटा लगाएत अस्पतालमा गएर घाइतेहरुको अबस्थाका बारेमा जानकारी लिनका साथै उपचारमा कुनै पनी कमी कम्जोरी हुन नदीन अस्पताल प्रशासनलाइ निर्देशन दिनु भएको थियो यसै गरि नेपाली काँग्रेस सिन्धुपाल्चोक , राष्ट्र्य प्रजातन्त्र पाटी सयुक्त ले छुट्रटा छ्ट्टै बिज्ञेप्ती निकालेर दुख ब्यक्त गरेको छ । इन्द्रवाती गाँउ पालीका सुनकोशी गाँउ पालीका ले पनी बिज्ञेव्ती प्रकाशन गरेर दुख ब्यत्त गरेका छन । यसै बिच इन्द्रावती गाँउपालीकाकाले मृतकका हरेक परिबारलाइरु २५००० पच्चीसहजार का दरले तत्काल राहात सहयोग गर्ने भएको छ ।