शेयर भर्ने म्याद कात्र्तिक १५ सम्मः चाकु हाइड्रोपावरले छिट्टै फाइदा लिने

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लामा शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा शेयर बिक्रीको मिती कात्र्तिक १५ गते सम्मका लागी तोकेको छ ।

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा निर्माणाधीनमा रहेको २२ मेगावाटको चाकु ए जलविद्युत आयोजनाले सर्वसाधारणको लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो  । ३३ लाख ५१ हजार १ सय ४० कित्ता शेयर खुल्ला बिक्रीका लागि निष्काशन गरिएको कम्पनीले जनाएको छ । शेयरको निष्काशन तथा बिक्रीको जिम्मेवारी प्रबन्धक सिद्धार्थ क्यापिटलले गरिरहेको छ । कम्पनीले आयोजना प्रभावितका लागि यस अघि नै शेयर निष्काशन गरिसेको छ ।  प्रभावित भन्दा बाहीर रहेकाहरुलाई पनि कम्पनीले शेयर बिक्री गर्नका लागी मुलुक भरका जोसुकै लगानीकर्ताले पनि शेयरका लागि आवेदन दिन पाउने गरी यो शेयर खुल्ला गरेको हो । आयोजना निर्माणमा  भूकम्प, बाढी पहिरो लागयतका प्राकृतिक प्रकोपका कारण ढिलाइ भएको हो । अब  तदाकरुताका साथ काम सम्पन्न हुने आयोजना कार्यकारी अध्यक्ष बच्चु पौड्यालले जानकारी दिनु भयो । उँहाले आयोजनाको काम धमाधम भइरहेकोले उत्पादन शुरु गर्न लामो सयम कुर्नु नपर्ने बताउँदै आयोजनाको ८० प्रतिशत काम सकिएको छ । मेशिन जडानको काम भइरहेकोले ढिलोमा आगामी चैत सम्ममा उत्पादन शुरु गर्ने बताउँनु भयो । आयोजनाका कार्यकारी अध्यक्ष पौडेलले  ढिलोमा ६ महिनामा विद्युत उत्पादन गरेर शेयर लगानीकर्तालाई छिटो भन्दा छिटो लाभांस दिने तयारी गरिएको हुँदा ‘ढुक्क भएर शेयरमा लगानी गर्न आव्हन गर्दै  शिवश्रीले ३६ मेगावाटको माथिल्लो बलेफि आयोजना निर्माण गरिरहेको समेत  बताउनु भयो । विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता अनुसार उत्पादन शुरु गरेपछि त्यसको बिक्रीबाट हुने आम्दानीबाट छिट्टै लाभ दिन सक्ने जानकारी दिदै आयोजनाको ट्रान्सिमिशन लाइन बनिसकेको बताउनु भयो ।  ८० मेगावाट क्षमताको उक्त लाइन आसपासका अन्य आयोजनाले पनि प्रयोग गर्ने भएकाले भाडा वापत वर्षेनी त्यसबाट हुने करोडौं आम्दानी पनि शेयरधनीले पाउने छन् । आयोजनाबाट उत्पादित २२ बाहेक करिव ६० मेगावाट विद्युत सोही ट्रान्समिशन लाइनबाट सप्लाइ गर्न सकिने समेत उँहाले बताउनु भयो । उँहाका अनुसार केही आयोजनाहरुसँग सम्झौता भइसकेको छ भने केहीसँग कुराकानी चलिरहेको छ । यसको आम्दानीले चाकुको लागत समेत घट्ने दावी गर्दै ‘त्यसैले पनि चाकू हाइड्रोमा गरिने लगानीको प्रतिफल छिट्टै आउन सक्छ,’  भन्नु भयो । उता बलेफी हाइड्रे आयोजनाले चाकुकै लगानीकर्ताद्धारा निर्माण भइरहेको बलेफी हाइड्रने पावर कम्पनीले पनि आगामी वर्षात् अगावै उत्पादन शुरु गर्ने लक्ष्य राखिएको बलेफी हाइड्रेपावर आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुले बताउनु भयो । उँहाका अनुसार करिव ७५ प्रतिशत काम पूरा भइसकेको छ ।

, , , , ,