धानको मूल्य तोक्दै सरकारद्वारा कात्र्तिक १३ गते बिदा दिने


लोकप्रिय समाचार 
सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ को लागि धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल मोटा धानको रू. २५३२.८० र मध्ययम धानको रू. २६७३.१६ तोक्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्री परिषदको ५ गते बसेको बैठकले उक्त मूल्य तोकेको हो । संञ्चार तथा सुचना  प्रविधी मन्त्री सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाका अनुसार ५ गते को मन्त्री परिषदको बैठकले नेपाल सरकार र बंगलादेश सरकारबीच सम्पन्न द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोध सम्बन्धी सम्झौता संघीय संसद्मा जानकारीका लागि पेश गर्न स्वीकृति दिइएको छ ।

उँहाका अनुसार इन्जिनियर श्री तुलाराम पौडेललाई क्ब्ब्च्ऋ भ्लभचनथ ऋभलतभच इस्लामावादको एचयाभककष्यलब िक्तबाा च्भकभबचअज ँभिियध का रूपमा काजमा खटाउने निर्णय गरिएको छ । त्यसै गरि सुनसरी जिल्ला स्थित देवानगञ्ज गाउँपालिकालाई देवानगञ्ज गाउँपालिका वडा नं. २ मा रहेको ९ कठ्ठा सरकारी जग्गा ३० वर्षसम्म निःशुल्क लिजमा उपलब्ध गराउन स्वीकृति दिइएको छ । नेपाली सेनाका लेखा उपरथी श्री भुवन बहादुर अधिकारी क्षेत्री र महासेनानी श्री आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरिएको छ । रोजगारीको हक सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ । काठमाडौं उपत्यकाभित्र तार व्यवस्थापनसम्बन्धी कार्य गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ । सुचना महामार्ग निर्माण सम्बन्धी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खण्डको परियोजना कार्य नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र भारतको क्ष्लमष्बल ऋयगलअष् िया ःभमष्अब िच्भकभबचअज बीच अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने विषयको ःइग् मा समकक्षी मिलाई हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अख्तियारी दिइएको छ । किजा पूजाको अवसरमा २०७६ कात्र्तिक १३ गते बुधबारका दिन सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थाहरू समेतमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरिएको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गरिएको छ ।माराकेश सन्धी, २०१३ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्ने निर्णय गरिएको छ ।
मालपोत नियमावली, २०३६ को नियम ५ ख.(१) को समितिले गरेको न्यूनतम मूल्यांकन सम्बन्धी निर्णय परिमार्जन गर्न स्वीकृति दिइएको छ । गैर करका दरहरू पुनरावलोकन स्वीकृत गरिएको छ ।नेपाल प्रशासन सेवातर्फको विशिष्ठ श्रेणीको सचिव पदमा सहसचिव श्री रामकृष्ण सुवेदीलाई बढुवा गर्ने निर्णय गरिएको मन्त्री बास्कोटाले जानकारी दिनु भएको छ ।

, ,