सुनकोसी नदीले मानिस बगाइ बेपत्ता
सिन्धुपाल्चोकजिल्ला सुनकोसी नदीमा आज मिति २०७६कार्तीक ६ गते अन्दाजी १बजेको समयमा मानीस बगेको थाहा भएको छ।
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी न.पा. वडा नम्बर १० चालिसे बगर स्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा सि पा चौ सा गढि न पा १० कार्कीटार बस्ने दिल बहादुर कार्कीको छोरा बर्ष ३० को बिदुर कार्कीलाई नदीले बगाई लगेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब काफ्लेका अनुसार खबर प्राप्त हुन साथ प्रहरी टोली खटी गई तिव्र रुपमा खोजी कार्य जारी रहेको छ ।