असहायलाई सहयोग गर्न साइकल यात्रा


लोकप्रिय समाचार
असहाय तथा विभिन्न विपदवाट पिडित भएकाहरूको लागि सहयोग जुटाउन सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका ४ का माधव प्रसाद कुईकेलले साईकलवाट नेपाल यात्राको सुरूवात गर्नुभएको छ । बिहीबार ईन्द्रावती गाउँपालिकाको प्राङ्गणवाट साईकल यात्रा सुरु  गर्दै कुईकेलले अपाङ्गता भएका, अनाथ, अशक्त, असहाय, हिंसा पिडित महिला तथा बालकालिका एवं विभिन्न विपदमा परेकाहरूलाई सहयोग गर्ने उद्देश्यले अभियान सुरू गरेको बताउनुभयो।

कुईकेलले सम्भव भएसम्म देशका सबै  नागरिकबाट दैनिक एक रूपैयाँका दरले एक वर्षको ३ सय ६५ रूपैयाँ सहयोग संकलन गरी कोष स्थापना गर्ने बताउनुभयो । उमेरले ५५ पुगेका कुईकेल सकेसम्म ५ वर्ष्भित्र देशका सबै कुनामा पुगेर अभियान सम्पन्न गर्ने योजनामा हुनुहुन्छ । यात्राको पहिलो दिन ईन्द्रावती गाउँपालिकाको १ नम्बर वडाबाट ६ हजार रूपैया संकलन भएको  कुईकेलले बताउनुभयो ।

,