कफी खेतीबाट टर्छ परिवारको खर्च

लोकप्रिय समाचार
विगत लामो समयदेखि कफि खेति गर्दै आएका हेलम्बु गाउँपालिका महांकालका रेतनाथ लामिछाने कफि व्यवसायकै भरमा आफ्नो परिवार पाल्न सक्षम हुनुहुन्छ ।
गाउँभरि कोदो र मकै रोप्ने बारीरहरूमा कफिका बिरुवा ल्याएर लगाउन थालेपछि रेतनाथका छिमेकीहरू अचम्मित भएका थिए । पछि कफि उत्पादन गरि बिक्री गर्न थालेपछि भने छिमेकीहरूमा पनि कफि लगाउने रहर जाग्न थाल्यो ।
फलतः रेतनाथका छिमेकीहरू कफि खेती गर्न अग्रसर हुन थाले। गाउँलेहरूले पनि कफि रोप्ने मन गरेपछि मैले नै बिरुवा उत्पादन गरेर दिए रेतनाथले सगौरव लोकप्रिय समाचारलाई बताउनुभयो।
कफी खेति सम्बन्धमा प्रशस्तै जानकारि हासिल गरिसक्नुभएका रेतनाथ सुरूमा काम गर्न कठिन भएपनि विरूवाले हौशला दिन थालेपछि खुसि लागेर काममा जागर वढ्ने वताउनुहुन्छ । कफिका विरूवामा रोग लाग्दा समेत सावधानी पुर्वक उपचार गरेर उत्पादन लिन सक्नुपर्ने रेतनाथको अनुभव छ ।
उहाँका अनुसार सकेसम्म रासायनिक विषादी भन्दा तितोर टर्राे, पिरो र कोक्याउने जातका वनस्पतिको प्रयोगबाट रोग र किरा निर्मुल गर्नुपर्छ ।
अहिले रेतनाथ र उहाँका छिमेकी मात्रै  होईन मेलम्ची नगरपालिका ६ तालामाराङका किसानहरूले पनि आफ्ना बाँझा पाखाहरू कफीका बोटले हरिया वनाएका छन् । मुस्किलले कोदो फल्ने ती पाखाहरूमा एउटा संस्थाको सहयोगमा कफीका बिरुवा लगाएका हुन् ।
बोटबाट टिपेर एक सय ३० रूपैयाँ सम्म कफी उद्योगमा पुर्याएर कफि बिक्री गर्दा पनि सामान्य बालिमा भन्दा फाईदा हुने अनुभव छ मेलम्ची नगरपालिका १० शिखरपुरका जगन्नाथ दुलालको । आफ्नो बारीमा अन्य फलफूल सँगै कफी खेती सुरु गरेका दुलाल परिवार पाल्न र सामान्यतया घर खर्च चलाउन कफी खेती अत्यन्तै सहज हुने बताउनुहुन्छ।

,