ह्वावेद्वारा सन् २०१९ को तेस्रो त्रैमासिकको व्यापार आय विवरण सार्वजनिक
ह्वावेले सन् २०१९ को तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर महिनासम्म) को व्यापार आय विवरण सार्वजनिक गरेको छ । यस वर्षको पहिलो तीन त्रैमासिकमा ह्वावेले ६१०.८ अर्ब चिनियाँ युआनको आय आर्जन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धिभएको छ । यस अवधिमा ह्वावेको खुद नाफा ८.७ प्रतिशत रहेको कम्पनी ले जनाएको छ ।
इन्टरप्राइज बिजनेसतर्फ ह्वावेले होराइजन डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ । ह्वावेको बृहत् प्राविधिक अनुभवमा आधारित रही निर्मित यस प्लेटफर्मसँगै ह्वावेले डिजिटल संसारको आधार बनाई खर्बौँ बराबरको डिजिटल ट्रान्सफोर्मेसन इन्डस्ट्री निर्माण गर्न ग्राहक तथा साझेदारहरूसँग काम गर्ने उद्देश्य राखेको छ । यस प्लेटफर्मले सरकारी, सार्वजनिक निकायहरू, वित्त, विद्युत, यातायात जस्ता विभिन्न क्षेत्रहरूलाई डिजिटल रूपान्तरण गर्न सघाउने छ ।
सन् २०१९ को तेस्रो त्रैमासिकको अन्त्यसम्ममा ७ सयभन्दा बढी शहरहरू, २२८ फरच्युन ग्लोबल ५०० कम्पनीहरू र ५८ फरच्युन ग्लोबल १०० कम्पनीहरूले डिजिटल रूपान्तरणका लागि ह्वावेलाई आफ्नो साझेदारका रूपमा छनौट गरेका छन् ।