खेल स्वास्थ्यको लागि मेरुदण्ड होः अमानसिं तामाङ


लोकप्रिय समाचार 
खेल स्वास्थ्यको लागी मेरुदण्ड हो मुटु सफा रह्यो भने मात्र शरिरको चाल सफा रहने हुन्छ । त्यसै गरी खेल खेल्ने ग¥यो भने मात्र शरिर स्वस्थ रहने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ्गले बताउनु भएको छ । उँहाले खेलकुदको विकास भयो भने मात्र शिक्षा, स्वास्थ्य र आर्थिकको विकास हुने बताउनु भयो । चौतारा–साँगाचोकगढी नगरपालिका–८ ईर्खुमा ईर्खु स्पोर्ट्स क्लबको आयोजनामा जिल्ला स्तरीय खुला छात्रा भलिबल र चौतारा नगरस्तरीय खुला पुरुष फुटबल प्रतियोगिताको उद्धघाटन गर्दै उँहाले यस्तो बताउनु भएको हो ।

उद्धघाटन कार्यक्रममा उँहाले धन छ तर स्वस्थ शरिर छैन शिक्षा सिप छ तर शरिर स्वस्थ छैन भने त्यसले केही काम गर्न सक्तेन तर धन छैन  सिप पनी छैन भने पनि शरिर स्वस्थ्य रह्यो भने सिप सिक्न सक्छ अनि परिश्रम गरेर धन कमाउन पनि सक्छ त्यसैले मानिस सब भन्दा पहिले स्वस्थ्य रहनु जरुरी हुन्छ मानसिक स्वास्थ्य रहनका लागी खेलकुदकै आवश्यक पर्छ भन्नु हँुदै खेल नखेल्ने ठुलाबडाहरुले बिहानै कुद्ने गर्छन्, नकुदे रोग लाग्छ त्यसैले हामीले देखेका छौँ । ससांरमा सबै भन्दा बढी रोग काम नगर्नेलाई लाग्छ । कम रोग श्रमिकलाई लाग्छ किन भने श्रम गर्ने सँधै कुनै न कुनै प्रकारले खेल खेली रहेकै हुन्छ त्यसैले खेलकुदको विकासका लागी सबै लागी पर्न पर्ने बताउनु भयो ।  नेपाली काँग्रेसका जिल्ला सचिव झलक नेपालले खेलकुद क्षेत्रको बिकास नै राष्ट्रको विकास हो भन्दै चौतारा साँगाचोकगढी नगरपालिकाले यस्ता खेलकुदका विषयमा सहयोग गरिरहेकोमा विशेष धन्यवाद दिनु भयो । वडा नं ८ का वडाअध्यक्ष तिर्थ बहादुर श्रेष्ठले आफ्नो वडामा वडा परिषद्बाट विकासका बजेट हरुको विनीयोजन गर्दा खेलकुद विकासमा पनि विशेष प्राथमिकता दिने गरेको र आगामी दिनमा पनि यस्ता ऐतिहासिक कामलाई प्राथमिकता दिने बताउनु भयो । क्लबका अध्यक्ष प्रेम दगांलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको पहिलो खेलमा महिला भलिबल तर्फ पञ्चकन्या मावि कुविण्डे र इर्खु बिच प्रतिस्पर्धा भएको थियो भने  पुरुष फुटबल तर्फ शनिबार देखी मात्र प्रतिस्पर्धा हुने भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा–साँगाचोकगढी नगरपालिका–८ ईर्खुमा महिला तर्फ सबै भन्दा धेरै पुरस्कारको राशी भएको भलिबल  प्रतीयोगिता शुक्रबार देखी शुरु भएको हो  । प्रथम नेपाल–हिल्फे कप अन्तर्गत छात्रा भलिबल तर्फ १२ र पुरुष फुटलबल तर्फ ३० समुहले प्रतिस्पर्धा गर्ने भएका छन । ११ दिन सम्म चल्ने दुवै प्रतियोगिताका विजेताले ट्रफीका साथ नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा तेस्रो हुने टोलीले नगद १२ हजार पाँच सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

,