ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ह्वावेको आफ्नै इन्टलीजेन्ट इको सिस्टम

लोकप्रिय समाचार
ह्वावे मोबाइल सर्भिसेस (एचएमएस)ले सिंगापुरमा पहिलो एप्याक डिभेलपर डेको आयोजना गरेको छ । डिभेलपर डेमा ह्वावेको एसिया प्रशान्त क्षेत्रका १५० भन्दा बढी साझेदारहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्यक्रममा ह्वावेले खुलाएको सिस्टम निर्माण गर्ने आफ्नो योजनाबारे जानकारी गराएको थियो । ह्वावेले खुलाएको सिस्टम अन्तर्गत अलसियानोरियो, नवीनतम प्रविधिहरू जस्तै ह्वावे मोबाइल सर्भिसेस ओपन केपेबिलिटिज, ह्वावे डिभाइसेस, फाइभजी नेटवर्कहरू तथा एआई पासवर्ड एपहरूले सपोर्ट गर्ने सिमले सडिजिटल लिभिङको निर्माण गर्ने लक्ष्य रहेको छ । ह्वावे कन्ज्युमर बिजनेस ग्रुपको उपस्थिति विश्वव्यापी बजारमा बलियो हँुदै गइरहेको छ । ह्वावे विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन आपूर्ति कर्ता हो । ह्वावेले सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म २०० मिलियन भन्दा बढी मोबाइल फोनहरू आपूर्ति गरेको जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा ह्वावेका अन्य उत्पादनहरूको पनि आपुर्तिमा निरन्तर वृद्धि हुँदै आएको छ । कम्प्युटरमा २१४ प्रतिशतले, स्मार्ट अडियोमा ३३ प्रतिशत र वेयरेबल उत्पादनहरूतर्फ २७२ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । कार्यक्रममा “हाम्रो लागि अब ह्वावेइको सिस्टम सार्वजनिक गर्ने समय आइसकेको छ किनकी यस क्षेत्रमा ३० वर्षभन्दा बढी समय बिताइसकेपछि हामी एउटा परिपक्व चरणमा पुगिसकेका छौँ । ह्वावेइको सिस्टम ह्वावे मोबाइल सर्भिसेसमा जडित छ र हाम्रो ‘१+८+एन’ रणनीतिमा संलग्न छ । यसले हाम्रा साझेदारहरूलाई उनीहरूको व्यवसायहरू हाम्रो प्लेट फर्ममा एकीकृत गरी उनीहरूलाई डिजिटल इनोभेसनलाई अघि बढाउन सघाउनेछ । ”ह्वावेकन्ज्युमर क्लाउड सर्भिसका अध्यक्ष झाङपिङ’ यानले बताउनु भयो ।  ह्वावेइको सिस्टमको १+८+एन अप्रोचले एउटा स्मार्ट फोनलाई आठवटा सपोर्टेड डिभाइसहरू र असीमित आइवोटी सर्भिसहरूमा जोड्दछ । ह्वावेइको सिस्टममा, ह्वावे मोबाइल सर्भिसेस डिभाइसहरू, एपहरू तथा इन्डयूजरहरूबीचको संयोजन तथा व्यवस्थापन केन्द्रका रुपमा काम गर्दछ । ह्वावेको फाइभजी नेटवर्क, एआईपावर्ड सिस्टम तथा क्लाउडकम्प्य ’टिङसल’ शनका साथमा हामी सबैका लागि सिमले सएआईलिभिङ स्थापना गर्ने हाम्रो सोच छ भन्नु हुँदै यानले ह्वावेइको सिस्टमले ह्वावे मोबाइल सर्भिसेसको विश्व बजारमा उपस्थितिलाई थप मजबुत बनाउँदै गइरहेको छ ।अहिले सम्म १७० भन्दा बढी देशमा यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्दछ भन्नु भयो । सन् २०१९ को तेस्रो त्रैमासिकमा ह्वावे मोबाइल सर्भिसेसको ह्वावे एप ग्यालरीमा मासिक रूपमा ३९० मिलियन सक्रिय प्रयोगकर्ताहरू रहेका छन् । यसले सन् २०१८ मा विश्वव्यापी सेवा सुरु गरे यता एक वर्षको अवधिभित्र १८० अर्ब भन्दा बढी एप डाउनलोडहरू भएको बताउँदै उँहाले हाल ह्वावे मोबाइल सर्भिसेसमा १०७ मिलियन दर्ता भएका ग्लोबल डिभेलपरहरू रहेका छन् र एचएमएसकोरमा ५० हजार भन्दा बढी एपहरू एकीकृत भइसकेका छन् । जसले ह्वावेका सबै डिभाइसहरूमा कम्प्याटिबल हुने एपको भर्सन निर्माण गर्न सघाउँछ भन्नु भयो । एसिया प्रशान्त क्षेत्रमा (एप्याक) का बजारहरूमा ह्वावे मोबाइल सर्भिसेसले हाल ह्वावे आईडी, मोबाइल क्लाउड, ह्वावे एप ग्यालरी, थिमहरू, ह्वावे म्युजिक तथा ह्वावे असिसटेन्ट जस्ता विविध सेवाहरू उपलब्ध गराइरहेको जानकारी समेत दिइएको थियो ।

,