नेकपाको स्कुल प्रशिक्षण सम्पन्न


लोकप्रिय समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक स्कुल विभागको आयोजनामा दुई दिवसीय प्रथम पार्टी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्लाका १४५जना जिल्ला कमीटीका सदस्य तथा  पालिकाका प्रतिनिधहिरुलाई  चौताराको शहिद स्मृती भवनमा १५ र १६ गते प्रशिक्षण दिइएको थियो ।

पुर्व एमाले र माओवादकिो एकीकरण पश्चात बनेको नेकपाको जिल्लाका पदाधिकारीहरुलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षण कार्यक्रममा पार्टी राजनैतिक वैचारिक कार्य दिशा नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठ, माक्र्सवादी दर्शन नैतिक आचरण र जीवन शैली बेदुराम भुसाल, विकास र समृद्धि र समाजवाद विजय पौडेल, संगठन निर्माण र परिचालन देवेन्द्र पौडेलबाट प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो । 
यसबाट पार्टीको वैचारिक र सङ्गठनात्मक काममा नयाँ रुप लिने छ भन्ने आशा एवमं् विश्वास जागृत भएको सिन्धुपाल्चोको युवा नेता सिता थापाले बताउनुभयो । प्रशिक्षण कार्यक्रम आवश्यकता थियो । यो कार्यक्रमबाट पार्टीलाई अझ शशक्त ढङ्गले अगाडी बढाउन र जनता सामु पार्टीका सिदान्त निती र निर्देशिकाहरुका बारेमा प्रस्ट सँग राख्न सकिने भएकाले  अति आवश्यकता  प्रशिक्षण पनि भएको सहभागीहरुले बताएका छन् ।

, ,