सञ्चार रजिष्ट्रार र पत्रकार बिच अन्र्तक्रिया


लोकप्रिय समाचार
श्रमजिवी पत्रकार ऐन २०५१ र न्युनतम पारिश्रमिक कार्यावयन अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम पत्रकार महासङ्घको सभाहलमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकको संयोजनमा भएको कार्यक्रमको आयोजक नेपाल सरकार  न्युनतम पारिश्रमिक निर्धारण समिति   सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नं ३  रहेको  थियो ।

सिन्धुपाल्चोक जिल्लामा क्रियाशिल रहेका सञ्चारकर्मीहरुको  उपस्थित रहेको थियो । उपस्थितलाई स्वागत गर्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सीनाले महासङ्घमा आबद्ध रहेका १३८ जना सदस्य रहेका छन् तर कमै मात्राले सुचना विभागको परिचय पत्र नविकरण गरेका छन् । यसको कारण ठुला सञ्चार गृहले दिने नियुक्ति  रहेको छ। कार्यक्रममा सञ्चार रजिष्ट्रार  रेवती सापकोटाले सञ्चार रजिष्ट्रारको बारेमा जानकारी गराउँदै यसको लागि सिन्धुपाल्चोकका तारानाथ दाहालको सक्रियतामा उहाँको अवधाराणा अनुसार  यो सञ्चार रजिष्ट्रारको व्यवस्था भएको जानकारी गराउँदै  यसको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी दिनु भयो। उँहाले पत्रकार परिचय पत्र वितरण गर्दै  पत्रकारिता विवरण  राख्ने  काम गरिरहेको छ भन्नु भयो । पत्रकारको सुरक्षाका लागि पत्रार महासंघ स्थानीय सरकारसँग सम्मन्वय गरेर अगाडि बढ्ने बताउनु भयो । उहाँले सञ्चार  क्षेत्रमा कार्यरत महिला प्रकाशकलाई  वार्षिक प्रोत्साहन खर्च उपलब्ध गराउने व्यवस्था गरिएको समेत जानकारी गराउँदै वास्तविकतामा रहेर पेशागत सुरक्षामा लाग्न पनि सबैलाई अनुरोध गर्नु भयो । न्युनतम पारिश्रमिक निर्धारण समितीका अध्यक्ष गगांधर पराजुलीले कुनै संञ्चार गृहहरुले न्युनतम पारिश्रमको व्यवस्था गरेको छैन भने  त्यसलाई कार्यान्वयन गर्न सबै लागी पर्नु पर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्री राजु गिरीले पत्रकारको सेवा सुरक्षा उनीहरुको पेशागत संरक्षणका लागी पनि यस्ता कार्यक्रमहरुको आवश्यक भएको बताउनु भयो । नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका उपाध्यक्ष  यदुनाथ गौतमले पत्रकारहरुको समस्या समाधान गर्नका लागी यस्ता अन्र्तक्रिया कार्यक्रमले धेरै सहजता गर्ने बताउनु भयो। नेपाल पत्रकार महासंघका अध्यक्ष महेश श्रेष्ठको सभापतित्वमा  महासंघको सभाहलमा भएको कार्यक्रममा विभिन्न सञ्चारकर्मीहरुले आआफ्ना भनाइ राख्नु भएको थियो । नेपाल पत्रकार महासघ ३ नं प्रदेशका महासचिव कृष्ण मगरले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

,