एकपटक पुग्नै पर्ने ठाउँ हेलम्बु

लोकप्रिय समाचार
धेरै अगाडिदेखि ईतिहासमा आफ्नो नाम लेखाउन सफल सिन्धुपाल्चोककै चर्चित गाउँ हो हेलम्बु। समग्रमा मेलम्चीदेखि आमा याङ्ग्री डाँडा र लाङटाङ राष्ट्रिय निकुञ्ज आसपासको ठूलो क्षेत्रलाई हेलम्बुको नामले चिनिए पनि ह्योल्मो जातिहरूको बसोबास रहेको क्षेत्र  भने ऐतिहासिक हेलम्वु हो ।

हेलम्बु नाम कसरी रह्यो भन्ने बारेमा आधिकारिक तथ्य नभएपनि ह्योल्मो जातीहरूको बसोास रहेकोले ह्योल्मो भनिएको र त्यो अपभ्रंश भएर हेलम्बु बन्न गएको स्थानीय वासिन्दाको भनाइ  छ । त्यसो त स्थानीय भाषामा हे भनेको आलु र लमु भनेको मुला भन्ने अर्थ लाग्छ । त्यस क्षेत्रमा आलु र मुला प्रशस्तै उत्पादन हुने भएकाले हेलम्बु भनिएको भन्ने चर्चा छापाहरूमा गरिएको छ । शेर्माथान, घ्याङ्गुल, तार्केघ्याङ, मेलम्चीघ्याङ र त्यस बीचमा रहेका थुप्रै वस्तिहरूमा ह्योल्मोहरूको बसोबास छ । मङ्गोलियन वर्गमा पर्ने भएपनि आफ्नो छुट्टै संस्कार र रीतिरिवाजका कारण  आफूलाई लामा र शेर्पासँग तुलना गर्न ह्योल्मोहरू हिच्किचाउँछन् । नेपालकै सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र र रसुवा तथा नुवाकाटको हेलम्बु निकट गाउँहरूमा मात्रै बसोबास रहेको ह्योल्मोहरू आफ्नो नामको पछाडि लामा र शेर्पा जोड्दा अफ्ठ्यारो महसुस गर्छन् । हेलम्बुको मान्छेको आत्मियता, प्राकृतिक सुन्दरता, हजारौं वर्ष पुराना घ्याङ र गुम्वा, आकर्षक संस्कृति, हिमाली हावापानी र पारिवारिक वातावरणले भरिपूर्ण होटल र लजहरू तथा होमस्टे अतिथीको सत्कारका लागि आतुर छन्। हेलम्बु अहिले पनि आकर्षणको केन्द्र बनेको छ जति पहिला थियो ।  लाङटाङ राष्ट्रिय निकुञ्ज र त्यँहा संरक्षित लोपोन्मुख वन्यजन्तु र वनस्पति, ५० वटाभन्दा बढि घ्याङ र गुम्वा, अनकर्षक घर र गाउँ, छुट्टै संस्कृति आदिका कारण पनि एक पटक पुग्नैपर्ने ठाउँ हो हेलम्बु ।

, ,