पाँचपोखरी सुपर ८ क्रिकेटः भोताङ, मेलम्ची, श्रीन्खला र पाँचपोखरी सेमिफाइनलमा

रुपक पुरी
लोकप्रिय समाचार
पाँचपोखरी क्रिकेट क्लब सिन्धुपाल्चोकको आयोजनामा बुधवारबाट सञ्चालन भईरहेको तेस्रो जिल्ला स्तरीय जित बहादुर खड्का स्मृति पाँचपोखरी सुपर ८ क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा भोताङ, मेलम्ची, श्रीन्खला र पाँचपोखरी प्रवेश गरेका छन् । क्वाटरफाइनलमा बाह्रबिसेलाई भोताङ युथ क्लवले पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सुरुमा ब्याटिङ गरेको भोताङले ८ ओभरमा ४ विकेट गुमाउँदै  १२० रन बनाएको थियो । अरून तामाङले  २७  बलमा ५५ रन बनाएका थिए । बाह्रविसेका लागि पवन श्रेष्ठले २ विकेट लिएका थिए । लक्ष्य पछ्याएको  बाह्रविसे ८ ओभरमा ५ विकेट गुमाउँदै ९५ रनमा जोडिएपछी २५ रनको हार बेहोर्याे । विज्ञान बोहोराले १८ बलमा २७ रन बनाउनुभएको थियो । भोताङका लागि म्यान अफ द म्याच समेत घोषित अरून तामाङले २ विकेट लिनुभएको थियो ।
दोस्रो क्वाटरफाईनल खेल भोताङ देवि मावि र मेलम्ची नगरपालिका बिच भएको थियो । सुरूमा ब्याटिङ गरेको भोताङले ८ ओभरमा २ विकेट गुमाउँदै १२१ रन बनाएको थियो । पेम्बा तामाङले १८ बलमा ६२ रन बनाउनुभएको थियो । मेलम्चीका लागि राजु दुलाल र रामकृष्ण दुलालले समान १÷१ विकेट लिनुभएको थियो । लक्ष्य पछ्याउँदै मेलम्चीले ७.२ ओभरमा ५ विकेट गुमाउँदै १२४ रन बनाएपछी २ विकेटको जित हात पा¥यो । म्यान अफ द म्याच घोषित रामकृष्ण दुलालले १३ बलमा ४२ रन बनाउनु भएको थियो । भोताङदेविका लागि पेम्बा तामाङ र पासाङ तामाङले समान २र२ विकेट लिनुभएको थियो ।पाँचपोखरी र यार्शा बिच भएको तेस्रो  क्वाटर फाईनलमा १०२ रन पछ्याएको पाँचपोखरीले ७.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेपछि सहज ५ विकेटको जित हात पा¥यो । म्यान अफ द म्याच घोषित विजय कुमार धितालले १८ बलमा ३१ रन बनाउनु भएको थियोे । यार्शाका लागि  राहुल  तामाङले २ विकेट लिनुभएको थियो । त्यस अघि सुरूमा ब्याटिङ गर्दै यार्शाले ८ ओभरमा १ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । विक्की तामाङले २४ बलमा ६२ रन बनाउनुभएको थियो । पाँचपोखरीका लागि मधु धितालले १ विकेट लिनुभएको थियो । अन्तिम क्वाटरफाईनल गेम सिन्धु लायन्स र श्रीन्खला विच भएको थियोे । सुरुमा  ब्याटिङ गर्दै सिन्धुले ८ ओभरमा ५ विकेट गुमाउँदै ७० रन बनाएको थियोे । मनोज देउजाले २० बलमा ३५ रन बनाउनु भएको थियो  । श्रीन्खलाको लागि सुरज तामाङले २ विकेट लिनुभएको थियो । लक्ष्य पछ्याएको श्रीन्खलाले ६.२ ओभरमा ३ विकेट गुमाउँदै ७४ रन बनाएपछि ४ विकेटको जित हात पार्याे । म्यान अफ द म्याच घोषित जङ बहादुर तामाङले ११ बलमा ३५ रन बनाउनु भएको थियो  । सिन्धुका लागि सुदिप तिमिल्सिनाले १ विकेट लिनुभएको थियोे  ।

, ,