सिन्धुपाल्चोकको इन्द्रावतीमा उम्मेद्वारी दर्ता

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा न ८ को वडा अध्यक्ष पदको उपनिर्वाचनको लागि ५ जनाले मनोनयन दर्ता गराउनु भएको छ। जसमा क्रमशः राप्रपा थापा समुहका रणबहादुर तामाङ, नेपाली कांग्रेसबाट राले तामाङ र नेकपाबाट केदारनाथ आचार्य, समाजवादी पार्टीको तर्फबाट प्रताप श्रेष्ठ र राप्रपा सम्युक्त पशुपति शमसेर प्यानलबाट ढकबहादुर श्रेष्ठ रहनु भएको छ । मङ्सिर १४ गते हुन लागेको उप निर्वाचनका कारण सिन्धुपाल्चोकको दुई सभापतिको प्रतिष्ठाको लडाई सुरु भएको छ । ईन्द्रावती गाउँपालिका वडा न ८ मा दुई नेताको प्रतिष्ठा जोडिएकोले पनि यो लडाई एक ऐतिहासिक हुने छ ।

संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा र स्थानीय सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस बिच प्रतिष्ठाको लडाई भएको हो । खास गरि दुव्ै सभापति अर्थात् नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापती व्किास लामा र नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल दुवै ईन्द्रावती गाउँपालिकावासी हुनुहुन्छ । त्यसैले पनि यो दुवैका लागि प्रतिष्ठाको लडाई हुने भएको हो । यस अघिको निर्वाचनमा नेपाली काँग्रेसले जितेको उक्त वडामा यो उपनिर्वाचनमा नेकपाले जसरी पनि जित्ने मा नेकपाका नेताहरु ढुक्क छन् भने नेपाली काँग्रेसले स्थानीय सरकार चलाई रहेको छ यस अघि पनि नेपाली काँग्रेसले नै निर्वाचन जितेको हुँदा काँग्रेसले जित्नेमा नेताहरुको विश्वास रहेको छ । बुधबार मनोनयन दर्ता गराउनका लागि दुवै पार्टीका नेताहरुको सहभागिता रहेको थियो । नेकपाका नेता शेरबहादुर तामाङ्ग, नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेतले आआफ्नै पार्टीको तर्फबाट उम्मेद्ववारी दर्ता गराउनका लागि दलबल सहित पुग्नु भएको थियो । नेपाली काँग्रेसको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री मोहन बहादुर बस्नेत, पार्टी सभापति विकास लामा, सचिव द्धय झलक नेपाल बिल बहादुर तामाङ्ग, क्षेत्रीय सभापती आइतमान तामाङ्ग, गाँउपालिका महासघका महासचिव तथा ईन्द्रावती गाँउपालिकाका अध्यक्ष वंशलाल तामाङ्ग, उपाध्यक्ष मिरा अधिकारी लामा, नेकाका नेताहरु भुपेन्द्र थापा, विकास तामाङ्ग, टङ्क कार्की लगायतका नेताहरुको नेतृत्वमा काँग्रेसका उम्मेद्वार राले तामाङ्गको मनोनयन दर्ता गराइएको थियो भने नेकपाको तर्फबाट माननीय शेर बहादुर तामाङ्ग, पार्टी अध्यक्ष झम्क नेपाल, प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल शरद, नेता सुभाष कर्माचार्य लगायतका नेताहरुको नेतृत्वमा नेकपाका  उम्मेद्वार केदार नाथ आचार्यको  मनोनयन पत्र दर्ता गरिएको थियो । मनोनयन पत्र दर्ता पछी आयोजित कोण सभामा बोल्दै नेकाका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले नेपाली काँग्रेसलाई अत्याधिक बहुमतले विजयी गराउन मतदाताहरुलार्इ  अनुरोध गर्नु भयो भने जिल्ला सभापती विकास लामा लगायतले काँगे्रसको उम्मेद्वारलाई जिताएर आफ्नो पहिचान कायम राख्न मतदाताहरुलाई अनुरोध गर्नु भएको थियो भने नेकपाका नेताहरु माननीय शेरबहादुर तामाङ्ग, सामाजिक विकास मन्त्री युवराज दुलाल र पार्टी अध्यक्ष झम्क नेपाल लगयएतले नेकपाका उम्मेदवारलाई जिताउन मतदाताहरुसँग अनुरोध गर्नु भएको थियो । नेपाली काँग्रेसबाट विजयी वडा अध्यक्ष धन बहादुर श्रेष्ठको मृत्यु भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।यसअघि कांग्रेसले सो वडामा चुनाव जितेको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष श्रेष्ठले ३ सय ६४ मत ल्याउनु भएको थियो । उहँका निकटतम प्रतिद्वन्द्वी तत्कालिन एमाओवादीका केदारनाथ आचार्यले ३ सय ५५ मत ल्याउनु भएको थियो भने एमालेका सम्पुर्ण तामाङले २ सय २१ र राप्रपाका पुर्णबहादुर तामाङले चार मत मात्रै ल्याउनु भएको थियो ।यो वडामा कूल १ हजार ४ सय ४ मतदाता रहेको छ । वडामा तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को पार्टी एकतापछि हुन लागेको उपचुनावमा आफ्नो सहज जित हुने र नेकपाकै पल्ला भारी हुने कुरामा नेकपा ढुक्क देखिन्छ भने नेपाली कांग्रेस पनि आफ्नो विरासत नगुम्ने र वडामा कांग्रेस नै विजयी हुने कुरामा ढुक्क रहेको छ । सिन्धुपाल्चोक जिल्लामा एउटै मात्र वडामा उपचुनाव हुँदैछ ।

, ,