इन्द्रावती मा शुरु भयो चार शैयाको स्वास्थ्य केन्द्र



लोकप्रिय समाचार
इन्द्रावती गाउँपालीकाको वडा नम्वर ११ बोडगाउँमा चार शैयाको स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।

स्वास्थ्य केन्द्रमा डाक्टर र नर्सहरू सहित दन्त उपचार सेवा, स्त्रीरोग सेवा, मातृशिशु कक्ष, अल्ट्रासाउंडको साथै आकस्मिक उपचार सेवा समेत उपलब्ध हुने वडा अध्यक्ष मने माझीले जानकारी दनिुभयो । सहयोगी निकाय जय नेपाल फÞाउंडेसनका कार्यकारी अध्यक्ष अल्वेट्रो लुजी,  र गाउँपालिकाका अध्यक्ष वँशलाल तामाङले सँयुक्त रुपमा स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभयो ।  तामाङले स्वास्थ्य केन्द्रको स्थापना बाट इंद्रावती गाउपालिकामा सतप्रतिशत बच्चा स्वास्थ्य चौकिमा जन्माऊने र मातृशिशु मृत्यदर सुन्यमा पूर्याउने लक्ष प्राप्तीमा सघाउ पूर्याउनको साथै भिमटार, भोटसिपा वरिपरिका जनताहरूले घरआँगनमैं स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने बताउनुभयो ।
इन्द्रावती गाउँपालिकाको वार्ड नम्बर ११ स्थित बोडगाऊमा डाक्टर र नर्सहरू सहित चार शैय्याको सामुदायिक स्वास्थ्य केंद्र संचालन गरि दंत उपचार सेवा, स्त्रीरोग सेवा, मातृशिशु कक्ष, अल्ट्रासाउंडको साथै आकस्मिक उपचार सेवा समेत उपलब्ध गराइन लागेको हो । 
 सहयोगी निकाय जय नेपाल फÞाउंडेसनका कार्यकारी अध्यक्ष श्रीअल्बेर्टो लुजी ,हरि नापित, बाशुदेब न्यौपाने र सहयोगी सस्था इटाली  को सेन्जा कन्फीनो   संस्थाका प्रमुख डा अन्जले भेर्गा क्यटरिना गर्ना फ्रन्स बोनी, लिडीया भवाश्वरी युनर्भसिटीरोमेको का प्रशिक्षयार्थीग्रिनफिलीपो रुगाइरो, नेतालियालसच्यागेली ,इडवार्ड रोटरी क्लब अफ साखू का प्रमुख  बबीन श्रेष्ट,ह्वीलचेय  सहयोगी अन्ना मेइर लाई इंद्रावती गाउपालिकाले धन्यबाद दिएको छ ।
साथै  स्वास्थ्य केन्द्रको स्थापना बाट इंद्रावती गाउपालिकामा सतप्रतिसत बच्चा स्वास्थ्य चौकिमा जन्माऊने र मातृशिशु मृत्यदर सुन्यमा पूर्याउने लक्ष प्राप्तीमा सघाउ पूर्याउनको साथै भिमटार, भोटसिपा वरिपरिका जनताहरूले घरआँगनमैं स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने  भएको छन ।

, , ,