होन्जा हावेले चुम्यो भोटेकोशी वाटर च्यालेन्जसिपको उपाधी

रुपक पुरी
लोकप्रिय समाचार
होन्जा हावे चेकले भोटेकोशीमा भएको अन्तर्राष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्जसिप २०१९ को उपाधी चुमेको छ । ¥याफ्टीङ एसोसिएशनको आयोजनामा मंगलबारदेखी सुरु भएको वाटर च्यालेन्जसिप प्रतिस्पर्धामा होन्जा हावे चेक प्रथम हुनुभएको हो । द्वितिय नेपालका सुरज गुरूङ, तृतीय फ्रान्सका रेमोण्ड चिण्डनी टिटोभनले क्रमशः ५०, ३० र २० हजार नगद सहित मेडल र प्रमाणपत्र पाउनुभयो। पर्यटन वर्ष २०२० लाई लक्षित गरेर गरिएको एडभेन्चर प्रतियोगितामा पूर्व मन्त्री तथा सांसद अग्नि सापकोटा, जनप्रतिनिधि, नारा र टानका प्रतिनिधिले विजयी टिमलाई पुरस्कार वितरण गर्नुभएको थियोे  ।नेपाल ¥याफ्टीङ एसोशियसन नाराका अध्यक्ष गंगाप्रसाद नेपालका अनुसार स्लालेम, बोर्डरक्रस, डाउन रिभर रेसदेखी स्प्रिन्ट र कर्पाेरेट राफ्ट रेस गरि ५ विधाको प्रतिस्पर्धा भएको थियो । १५ देशका ८६ खेलाडी गाइड तथा एडभेन्चर पारखिले प्रतिस्पर्धामा भाग लिनु भएको थियो  ।

, ,