मंसिर १४ मा हुने उपनिर्वाचनको तयारी पूरा

लोकप्रिय समाचार
मंसिर १४ गते शनिबार देशको ३७ जिल्लामा २४७ मतदान स्थल तथा ५३७ मतदान केन्द्रमा हुने उपचुनावको लागी सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको छन् भने मतदान अधिकृत लगायतका कर्मचारीहरु पनि सम्बन्धित केन्द्रमा खटिइसकेका छन् । विभिन्न कारणले रिक्त रहेको ५२ पदमा उपनिर्वाचन हुने  भएको छ । ३७ जिल्लाका २४७ मतदान स्थल तथा ५३७ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी, सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरू मतदान केन्द्रमा पुगिसकेका छन्  भने आवश्यक सुरक्षाको व्यवस्था समेत गरिसकिएको छ। उपनिर्वाचनका लागी २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन् ।प्रतिनिधि सभा सदस्यका लागि कास्की २ र प्रदेशसभा सदस्यका लागि भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा उपचुनाव हुँदैछ । स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष, पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष विभिन्न स्थानीय तहका ४३ वटा वडाअध्यक्ष पदका लागि उपचुनाव हुदैछ। उपनिर्वाचनमा जम्मा ५२ पदका लागि ३३३जनाले उम्मेद्धारहरु प्रतिस्पर्धमा रहेका छन् । जसमा (२५३ पुरुष र ८४ महिला) उम्मेदवार छन् । जसमध्ये राजनीतिक दलतर्फ २५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेका  छन् ।उपनिर्वाचनमा ३७ जिल्लाका २ लाख ३३ हजार ४०२ महिला र २ लाख २० हजरा ७१० र अन्य २ जना गरी जम्मा ४ लाख ५४ हजार ११४ मतदाताले मताधिकारको प्रयोग गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

, ,