पन्तको अध्यक्षतामा पर्यटन पत्रकार संघको नयाँ कार्यसमिति सर्वसम्मत

पर्यटनका क्षेत्रमा कलम चलाउने पत्रकारहरुको पहिलो संस्था पर्यटन पत्रकार संघ (जाट–नेपाल)को आठौं वार्षिक साधारण सभा एवं पाँचौ महाधिवेशनले देवी प्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

शनिबार सम्पन्न साधारण सभाले प्रथम उपाध्यक्षमा किशोर बस्नेत र द्धित्तिय उपाध्यक्षमा श्रीहरि श्रेष्ठ, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा मनुका कुँवर र कोषाध्यक्षमा मोहन प्रसाद मैनालीलाई चयन गरेको छ ।
कार्यसमिति सदस्यहरुमा कुमार चौलागाई, शंकर प्रधानाङ्ग, अच्यूत रेग्मी, अर्जुन पाख्रिन, शिव बस्नेत र जुली गुरुङलाई चयन गरेको छ ।
सर्वसम्मत रुपमा संघको नयाँ नेतृत्व चयन भए लगत्तै नवनिर्वाचित अध्यक्ष पन्तले पर्यटन पत्रकार संघलाई देशव्यापी रुपमा अगाडि बढाउने र सरकारले लिएको भ्रमण वर्ष–२०२० लाई सफल पार्न सोही हिसाबले प्रबद्र्धनात्मक कार्य गर्ने बताउनु भएको छ ।
साथै नवनिर्वाचित अध्यक्ष पन्तले सातै प्रदेशमा पर्यटन पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यक्रमसँगै पर्यटनका प्रवद्र्धनात्मक क्रियाकलाप अगाडि बढाउने उद्घोष गर्नुभयो ।