पश्चिमाका कारण संस्कार लोप हुँदै गयो ः तामाङ

लोकप्रिय समाचार
संस्कार र संस्कृति र परम्परा हाम्रा सम्पत्ति हुन्, यी सम्पत्तिको संरक्षण गर्न सके मात्र आफ्नो पहिचान हुने जिल्ला समन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङले बताउनु भएको छ । उँहाले पुरातत्व विभागबाट आयोजना गरिएको १५ दिने तालिमको समापन गर्दै प्रमुख अतिथिका आसनबाट बोल्दै यस्तो बताउनु भएको हो ।

उँहाले संस्कृतिलाई वैज्ञानिकीकरणको नाममा परम्परालाई परास्त गरिरहेको छ भन्नु हुँदै जहाँ संस्कृति रहन्छ, त्यहाँ परम्परा हुन्छ अनि मात्र संस्कार र संस्कृतिको जगेर्ना हुन्छ भन्नु भयो । पश्चिमा मुलुकको नक्कल गर्दै जाँदा हाम्रो संस्कार र परम्परालाई पनि बिर्सदै जाने गरेका छौँ ।
संस्कृत परम्परालाई जगेर्ना गर्न सके मात्र पहिचान देखिने भएकाले यसतर्फ ध्यान दिन पर्ने बताउनु भयो । उँहाले सिन्धुपाल्चोक जिल्लामा सगं्राहलयको स्थपना गरिने योजना रहेको समेत सो अवसरमा जानकारी दिनु भएको छ । पश्चिमाहरुको नक्कल गरेर संस्कृति, संस्कार र परम्परालाई बिर्सदै गएको खण्डमा देशमा धार्मिक युद्ध हुन सक्छ । यस प्रति ध्यान दिन पनि अनुरा्ेध गर्दै आफुले सिकेको कलालाई सबैले सिकेर सिकइ राख्न अनुरोध गर्नु भयो । जिल्लाको पहिचानका लागि पनि यो तालिम महत्वपुर्ण रहेको बताउँदै यसलाई निरन्तरता दिएर आगामी पुस्तालाई पनि यसको परम्परागत पहिचान रहिरहन सके मात्र इतिहास बन्ने बताउनु भयो । जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले जिल्लाका सबै क्षेत्रमा यस तालिमको व्यवस्था गरिने बताउनु भयो ।

चौतारा साँगाचोकगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्र कुमार बोहोराले यस्ता प्रकारको परम्परालाई जिवन्त राख्ने खालका परम्परागत सामाग्री निर्माणका लागी दिइएको तालिमले आत्मानिर्भरता बन्न सहज हुने बताउनु भयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नरमान श्रेष्ठले सीप कला सिकेर मानिसलाई सहयोग गरिरहेको पुरातत्व विभागले यस्ता प्रकारका तालिम दिएर कला र संस्कृतिको जगेर्ना गर्न सहज भएको बताउनु भयो । उँहाले विगतमा ढुङ्गा माटो आधुिनक काममा मात्र लागेकाले यस्तो ऐतिहासिक काममा तालिम दिएर परम्पराको झल्कोलाई यथार्तमा परिणत गरिदिनु भएकोमा पुरातत्व विभाग प्रति आभार व्यक्त गर्नु भयो । प्रमुख जिल्ला अधिकारी गोमा देवी चेमजोङ्गले पुराना पुराना सामानहरुको सामाग्री निर्माण गरेर संस्कार र संस्कृतीको जगेर्ना गरेर हाम्रो इतिहासलाई जिवन्त राख्नका लागि पुरतत्व विभागले दिएको यो तालिम आफैँमा महत्वपूर्ण रहेको हुँदा यो तालिममा सहभागीहरुले आफुले पाएको सीप र कला अरुलाई पनि सिकाएर आत्मानिर्भरता बन्नका लागि अवसर जुटाउन पर्ने बताउनु भयो ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागिरक उड्ययन मन्त्रालय पुरातत्व विभागद्वारा कात्र्तिक १५ गते देखि सुरु गरेको काष्ठ प्रस्तर कारिगढी र परम्परागत गारो तथा झिगटी लगाउने सम्बन्धि तालिम दिएको थियो । परुातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सुरेश सुरज श्रेष्ठको सभापतित्वमा भएको सो समापन समारोहमा विद्यालयहरुको तर्फबाट कृष्ण रत्नगगां माविका ध्रुवलाल श्रेष्ठले आफ्ना भनाइ राख्नु भएको थियो ।

,